
झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै छटपटाहट नगरी शान्तपूर्वक आफ्नो ठाउँमा बस्न सचेत गराउनु भएको छ । उहाँले धेरै छट्पटी गरे काल आफैं आउने चेतावनी समेत दिनुभयो ।
"तपाईं आफ्नो कारोबार, व्यापार जे गर्नुस् त्यो हामीलाई सरोकार भएन " गृहनगर झापाको भद्रपुरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले भन्नुभयो," संवैधानिक राजतन्त्र तपाईंले आफैंले पोलेर खाएको हो, त्यो बेला आफ्नो घुँडामा आफैंले बन्चरो हानेको हो, अब फेरि धेरै छटपट नगर्नुस्, शान्तिपूर्ण ढंगमा बस्नुस् ।"
सधैं निक्कै शान्त र शालीन अभिव्यक्ति दिने सिटौला आज निक्कै कडा रूपमा प्रस्तुत हुनु भयो । उहाँले भन्नुभयो," पूर्वराजा भनौं कि शाहवंशका अन्तिम राजा भनौं, राजाको अवषेशको रूपमा सरकारी कार्यालय राखिएका तस्वीर समेत हटाइएको संघीय लोकतान्त्रिक मुलुकमा फेरि राजा हुने सपना नदेख्नुस् ।"
नेता सिटौलाले प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा गृहमन्त्रीको हैसियतमा आफूले ज्ञानेन्द्रलाई नागार्जुन पुर्याएको र उहाँकै अनुरोधमा उहाँकी मुमालाई दरबारमा बस्न दिएको बताउनुभयो। " त्यसबेला के भएको हो, के भएको थियोे त्यो सबै मलाई थाहा छ" उहाँ भन्नुभयो," त्यसबेला ज्ञानेन्द्रले जनताको निर्णय मान्छु, सहयोग गर्नुस् भन्नू भएको हो, उहाँकै माग बमोजिम यी सारा काम भएका हुन्, भ्रम छर्ने कोसिस कसैले नगरे हुन्छ ।"
जनताको तागतले राजालाई सत्ता च्युत गरेको बताउनु भएको सिटौलाले राजनीति दललाई विदेशीको इसारामा चलेको भन्ने अधिकार ज्ञानेन्द्र शाह र राजावादीलाई नभएको उल्लेख गर्नुभयो। " तपाईंका ( ज्ञानेन्द्र ) हजुरबुबाकाई दिल्लीले शरण दिएको बिर्सनु भयो ?" सिटौलाले भन्नुभयो, " पृथ्वीनारायण शाहलाई सम्झेर हामीले तपाईंलाई नेपालमा बस्न दिएका हौँ, नत्र जनताले दरबारबाट निकालेर के गर्थे, इतिहास र विदेशका घटना हेर्नुस्, यो गणतान्त्रिक व्यवस्था हो, चुप लागेर बस्नुस् ।"
संवैधानिक राजाले महेन्द्रपथमा हिँड्न खोज्दा, जननिर्वाचित प्रधानमन्त्रीलाई थुन्दा, प्रधानमन्त्रीको कुर्सीमा बस्न खोज्दा र मन्त्री परिषद अध्यक्ष चुन्दाको परिणाम मुलुकबाट राजतन्त्र विदाइ भएको जिकिर गर्नुभएको सिटौलाले फेरि राजावादीले उक्साएर ज्ञानेन्द्रलाई अर्को खाडलमा हाल्न खोलेको दाबी गर्नुभयो । सरकार खेद्ने र राजा ल्याउने कुरा असम्भव भएको नेता सिटौलाको टिप्पणी छ ।
राजा हुँदा गरेको मोजमस्ती गर्न नपाएर राजावादीले सडकमा आन्दोलन गरेको निष्कर्ष छ । राजावादीको आन्दोलनलाई उहाँले छट्पटीको संज्ञा दिनुभयो । ढलेको राजतन्त्रको चाकडी गरेर विगतको जस्तो मस्ती गर्ने सपना नदेख्न राजावादीलाई उहाँको सुझाव छ ।
सहिद राजन गिरी र सुरज विश्वासले साहदत प्राप्त गरेको स्थल चन्दगढीमा नेविसंघ झापाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सिटौलाले २०४६ सालमा मेची क्याम्पस राम थापाले जीवन उत्सर्गबाट प्रजातन्त्र पुनःस्थापना र २०६३ साल वैशाख ६ यो खुल्लामञ्चम होनहार युवा राजन र सुरजले शाहदत प्राप्त गरेपछि मुलुकमा गणतन्त्र आएको स्मरण गर्नुभयो। उहाँले त्यस अवसरमा सहिद राजनका पिता केदारशम्शेर गिरी, सुरजकी माता मीना विश्वास, जनआन्दोलन ०६२/०६३ का घाइते " जीउँदा सहिद गोपाल श्रेष्ठलाई सम्मान गर्दै भन्नुभयो, " लुकेर छुरा हान्ने, गोली हान्ने र हत्या गर्ने कायरहरुले गर्छन्, सपुतले देशका लागि जीवन उत्सर्ग गर्छन् ।"
तत्कालीन शाही सेना उर्लदो जनसागरमा अन्धाधुन्ध गोली हान्दा गिरी र विश्वासको मृत्यु भएको थियो। श्रेष्ठ घाइते हुनुभएको हो । सोही घटना भएको दुई दशक पुगेको अवसरमा नेविसंघले उहाँहरुलाई सम्मान गरेको हो । दुवै घटना गराएको आरोप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि लाग्दै आएको छ । थापाको हत्या तत्कालीन मण्डलले समूहले छुरी हानेर र तत्कालीन जिविस सभापति रहनु भएको लिङ्देनको निर्देशनमा सेनाले गोली चलाएको दाबी गरिँदै आएको छ ।
सम्मानित शिवाकोटी संविधानसभा सदस्य हुनुहुन्छ । उहाँको कमान्डमा ०६२/०६३ को जनआन्दोलन भएको थियोे । उहाँलाई तत्कालीन शाही सेनाले चारआली व्यारेका लगेर चरम यातना दिएको थियो । गणतन्त्र स्थापनामा शिवाकोटीले निर्वाह गरेको भूमिकाको कदर गर्दै शिवाकोटीलाई सम्मान गरिएको नेविसंघ झापा सभापति सञ्जय निरौलाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच