
मकवानपुर । प्रहरीले ५ किलो ९४० ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । हेटौंडा-१९ नेवारपानीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणकाे अफिम जस्तो देखिने पदार्थसहित एकजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीकाअनुसार आइतबारबार बिहान ७:२० को समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा-१९ नेवारपानीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुबाहक बसमा सवार भई आएका तामाङलाई शंका लागि रितपुर्वक खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई तिन वटा पोकामा ५ किलो ९४० ग्राम लागुऔषध अफिम फेला परेको हुँदा थियो ।
निज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।
कभर भित्र प्लाष्टिकमा लुकाई छिपाई ल्याइएको अफिस सहित एक युवक पक्राउ
प्रहरीले ३ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ गरेको छ। हेटौडा-१५ पिपलबोटस्थित पुर्व पश्चिम लोक मार्गबाट पक्राउ गरिएको हो । पक्राउ पर्ने मोटरसाइकल चालक हेटौंडा ४ बस्ने वर्ष १९ को विशाल सार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीकाअनुसार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको पथलैयातर्फबाट हेटौडातर्फ आउँदै गरेको ना ६३ प ४८७ नं. को मोटरसाइकल रोकी चालक विशाल सार्कीलाई शंका लागि रितपुर्वक खानतलासी गर्दा निजले अगाडीको चक्कामा कभर राखी सो कभर भित्र प्लाष्टिकमा लुकाई छिपाई ल्याईएको अवस्थामा ३ ग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको थियो ।
उक्त लागूऔषध र ना ६३ प ४८७ नं. को मोटरसाइकलसमेत बरामद गरी निज विशाल सार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच