
हेटौंडा । मकवानपुर प्रहरीले बिलबिजक नभएको तीन लाखबराबरको सामानसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार विहान हेटौंडा-४, कर्राचोकस्थित पूर्वपश्चिम सडकखण्डमा जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने वर्ष २४ की ममता कुमारीलाई पक्राउ गरिएको हो ।
टीसर्ट ९६ पिस, जेन्ट्स कुर्ता १८ पिस, टाबेल ५ पिस, लुंगी ३० पिस, ब्लाउज १८ पिस, जेन्ट्स पाइजामा २ सय ६९ पिस, जय श्रीराम टाबेल ३० पिस, कुर्थासुरुवाल सेट ५४, टप्स कुर्था १६ पिससहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाराबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज १०५७ नम्बर ईभी चेक गर्ने क्रममा ममता कुमारीले ल्याएको बिलबिजक नभएको लत्ताकपडा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडी र गाडीचालक मधेश प्रदेशको बारा जिल्लास्थित परवानीपुर नगरपालिका-५ बस्ने वर्ष ३१ का धर्मप्रसाद शाहकानुसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच