काठमाडौं । ई-स्पोट्र्स संघ नेपालको आयोजनामा एसियन ई-स्पोट्र्स च्याम्पियनसिप आयोजना हुने भएको छ । आइतबार आयोजक संस्था ई-स्पोट्र्स संघ नेपालले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो ।
संघका अध्यक्ष अञ्जन धमलाले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको कार्यक्रमलाई वैशाखको अन्तिम साता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । ‘ई-स्पोट्र्सको पब्जी मोबाइल खेललाई समावेश गरेर एसियालीस्तरको प्रतियोगिता आयोजना गर्न लागेका छौं ।’ धमलाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरलाई एकताबद्ध गर्न प्रतियोगिता उपयोगी हुने विश्वास छ ।’
संघका अनुसार अनलाइनमार्फत् हुने प्रतियोगिता वैशाख २६, २७ र २८ गते सञ्चालन हुनेछ । संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले प्रतियोगितामा नेपालसहित एसियाका १३ देश सहभागी हुने बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा मलेसिया, सिंगापुर, इण्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका र माल्दिभ्सले सहभागिता निश्चित गरेका छन् ।
सचिव आशिष दाहालले एसियाली देशलाई प्रतियोगिताका लागि निमन्त्रणा गरेर सहभागिता निश्चित गरिएको उल्लेख गर्नुभयोे । इशानको इभेन्ट कमिटीका संयोजकसमेत रहनुभएका दाहालले एसियाली च्याम्पियनसिपको तयारी तीव्र रूपमा अघि बढेको बताउँदै प्रतियोगितालाई भव्य बनाउन संघ लागिपरेको बताउनुभयो ।
कुल १० लाख प्राइज पुल रहेको प्रतियोगितामा शीर्ष ६ टिमले पुरस्कार रकम प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष कल्पदीप राई, सचिव बालकृष्ण केसी, सदस्य घनश्याम ढुंगेल, सिजन भट्टराईलगायतको उपस्थिति रहेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच