धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा एक यात्रुसहितको मोटरसाइकल त्रिशूली नदीमा खसेको छ।
आइतबार दिउँसो बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल काठमाडौंतर्फ आउँदै गर्दा कृष्णभीरबाट करिब दुई सय मिटर तल खसेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो। एसपी सुवेदीका अनुसार, नदीबाट अचेत अवस्थामा एक जनाको उद्धार गरिएको छ।
उद्धार गरिएका व्यक्तिको साथबाट सिन्धुलीको तीनपाटन गाउँपालिका–९ ठेगाना भएको मीनबहादुर तामाङ नामको मतदाता परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ। उक्त व्यक्तिको वास्तविक पहिचान भने खुलेको छैन।
साथै, मोटरसाइकलमा उनी मात्रै सवार थिए वा अन्य व्यक्ति पनि थिए भन्ने बारेमा यकिन जानकारी प्राप्त हुन नसकेको एसपी सुवेदीले बताउनु भयो । उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि