
भक्तपुर । स्रष्टा श्यामप्रसाद श्रेष्ठको चौथो कृति ‘कठै !’ लघुकथासंग्रहको विमोचन गरिएको छ । सिर्जना अभियान समाज भक्तपुरले वरिष्ठ कथाकार तथा कार्यक्रमको प्रमुख अतिथि मधुवन पौडेलले ‘कठै !’ लघुकथासंग्रहको विमोचन गर्नुभएको हो ।
संस्थाको सचिव तथा वरिष्ठ साहित्यकार सचिव ध्रुव मधिकर्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्राडा.भरतकुमार भट्टराईले कथा संसारमा ‘कठै !’ लघुकथासंग्रह अलग्गै स्वाद भएको बताउनुभयो । उक्त कार्यक्रममा अतिथिहरू भागिरथी श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’ र डा.शेखरकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आयोजक संस्थाको सदस्य सुदिप हाडाले सञ्चालन गरेको उक्त कार्यक्रममा लघुकथाकार ध्रुवराज थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । साहित्यकार किशन पौडेलले स्रष्टाको परिचय दिँंदै यसअघि दुई नाटक र एक लघुकथासंग्रहको प्रकाशन भएको बताउनुभयो । साथै उनले समयसन्दर्भ लेख, मुक्तक र कविताहरू पनि पत्रपत्रिकामा प्रकाशित हुँदै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच