
काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको वैचारिक गैरआख्यान ‘शब्द सायारेम’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा कृतिको लोकार्पण भएको हो । वैचारिक निबन्धसंग्रह ‘शब्द सायारेम’लाई खगेन्द्र संग्र्रौला, डा.गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले कृतिको लोकार्पण गर्नुभएको थियो ।
सभ्यताको विकासको आधारस्तम्भलाई उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार भूपाल राईका निम्बन्धमा भएको लेखक खगेन्द्र संग्रौलाले बताउनुभयो । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भूपाल राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने जिकिर गर्नुभयो । ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको संकेतको रूपमा आफूले लिएको उहाँको भनाइ थियो ।
भोगिराज चाम्लिङले ‘तपाईंको पहाड घर कहाँ हो ?’ निबन्धलाई नेपाली समाजको सिंगो चित्रण भन्दै प्रशंसा गर्नुभयो । भूपाल राईको निबन्धात्मक शैलीको प्रशंसा गर्दै चाम्लिङले किरातीको साकेला नाचको उच्चतासँग तुलना गर्दै शब्द सायारेम भूपाल राईको लेखन यात्राको सबैभन्दा उच्चतम कृति भएको जिकिर गर्नुभयो ।
लेखक कुमारी लामाले भूपाल राईको निबन्ध संग्र्रह वैचारिकताको जबर्जस्त दस्तावेज भएको बताउनुभयो । रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिको कुराले अबका पुस्तालाई प्रेरणा दिने र वैचारिकता निर्माणमा सहयोग गर्ने उहाँको भनाइ थियो । पुस्तकको कलेवर प्रशंसा गर्दै डा.डम्बर चेम्जोङले सामाजिक इतिहास र उद्विकासमा भूपाल राईका निबन्धको महत्व रहने बताउनुभयो ।
लेखक भूपाल राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गर्नुभयो । बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य मोटो गाताको ८०० र पातलो गाताको ६०० रुपैयाँ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच