
काठमाडौं । डा.अमर कार्कीको कथासंग्रह ‘क्षितिजपारि’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा.दयाराम श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, लेखककी आमा बुद्धकुमारी कार्की, वरिष्ठ आख्यानकारहरू प्राज्ञ माया ठकुरी र भागीरथी श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रा. डा.गोविन्दमान सिंह कार्की, भुँडी पुराणका केशव पराजुली, साहित्यकार सन्ध्या पहाडीलगायतले सो कृतिको लोकार्पण गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा.दयाराम श्रेष्ठले कथाकार डा.अमर कार्कीको ‘क्षितिजपारि’ कथासंग्रहले नयाँ सन्देश दिएको र कथाहरूमा नयाँपन रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले कथाकार कार्कीलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गर्नुभयो ।
अध्यक्षको आसनबाट साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पार्दै साहित्यिक पत्रकार संघको बारे जानकारी गराउँदै कथाकार कार्कीको सिर्जनशील जीवनको कामना गर्नुभयो । साथै अध्यक्ष लेकालीले कथाकार कार्की अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरको वर्तमान अध्यक्ष रहनु भएको बताउँदै फ्लोरिडा च्याप्टरको संक्षिप्त परिचय पनि गराउनुभएको थियो ।
लोकार्पित कृतिका सर्जक कथाकार कार्कीले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि बताउँदै कथा सिर्जनाबारे बताउँदै आफ्नो जीवनमा आमाको महŒवको चर्चा गर्दै ‘आमा’ र ‘नयाँ वर्ष’ कविता पनि वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका वरिष्ठ समालोचक प्राडा.गोविन्दमान सिंह कार्कीले कथाकार डा.अमर कार्कीको ‘क्षितिजपारी’ कथासंग्रहमा संग्रहित बाह्र कथाको समीक्षा गर्दै कथाहरूले दिएको सन्देशबारे आफ्ना भनाइ राख्नुभएको थियो ।
साहित्यकार मञ्जिला अनिलले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कृति प्रकाशन संस्था ‘भुँडीपुराण’का केशव पराजुलीले पुस्तक प्रकाशनबारे बताउनु भएको थियो । कथाकार कार्कीलाई सम्मानसमेत गरिएको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र प्रमुख वक्तासहित साहित्यकारहरू विक्रमभक्त जोशी, उषा केसी राजन नेउपाने र गायिका रितु कँडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरू कलानिधि दाहाल, तारा बराल, पवन आलोक, विमल भौकाजी, दिव्य गिरी, रोशन थापा, ममता मृदुल, तुलसी बस्नेत, डी.आर.राई, दुर्गाकिरण तिवारी, बिटु केसी, राज रजकलगायतका व्यक्तित्वकोे उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच