
काठमाडौं । साझा प्रकाशनबाट प्रकाशित हुने ‘गरिमा’ साहित्यिक मासिक पत्रिकाको सम्पादकमा कवि तथा कथाकार मनोज न्यौपाने नियुक्त हुनुभएको छ । साझा प्रकाशन सञ्चालक समितिको मिति २०८१/१२/३१ को निर्णय अनुसार उहाँलाई सम्पादकमा मनोनयन गरिएको हो । चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यमा निरन्तर साधनारत मनोज न्यौपानेले यसअघि विसं २०५५ सालमा नानी (बाल मासिक)को सम्पादक भएर सम्पादन यात्रा आरम्भ गर्नुभएको थियो । यसबाहेक शिवपुरी सन्देश (साहित्यिकि त्रैमासिक) र हरेकपल डट कममा पनि उहाँले साहित्यिक पत्रकारिताको योगदान गर्नुभएको थियो ।
विलयन लेखन (विसं २०६१)का प्रवर्तकमध्ये एक मनोज न्यौपानेका हालसम्म चार काव्यकृति प्रकाशित भएका छन् । तीमध्ये एक ‘आगोमा उम्रिएको दूबो’ (कवितासंग्रह) विसं २०६२ सालमा प्रकाशित भएको हो । त्यस्तै, आगोको मूच्र्छना (विलयन काव्य, विसं २०६२), रगतको दरबार (विलयन काव्य, विसं २०६६) र अन्तिम (गजलसंग्रह विसं २०६९) मा प्रकाशित भएका छन् । यसदेखिबाहेक ‘स्रष्टा, चैत्र-३०’ (स्रष्टा आन्दोलनको अभिलेख) र विलयन लेखन (विलयन साहित्यिक आन्दोलन सन्दर्भ पुस्तक आदि उहाँद्वारा सम्पादित उल्लेख पुस्तक छन् ।
‘बीपी विमर्शका बहुआयाम’ शीर्षकमा बीपी कोइरालाका विविध व्यक्तित्वमामाथि साप्ताहिक रूपमा बहस कार्यक्रमको सञ्चालन गर्नुभएका न्यौपानेले लोकतान्त्रिक विचार र बहसको अभियानमा पनि निरन्तर अघि बढाउनुभएको छ । जेपी प्रतिष्ठान, मैत्रीसेवा श्रम र मित्रसेन फाउण्डेशनको सहकार्यमा लप्सेफेदीमा प्रत्येक वर्ष विचार र बहसको आवासीय दुई दिने कार्यक्रम उहाँले सञ्चालन गर्दै आउनुभएको छ ।
लोकतन्त्र र अग्रगमनका लागि स्रष्टा आन्दोलनलाई अघि बढाउन ‘स्रष्टा, चैत-३०’ अभियानको नेतृत्व पनि उहाँले गर्दै आउनुभएको छ । नेपाली लेखक संघको सहअध्यक्षको रूपमा उहाँले लेखन स्वतन्त्रताको वकालात गर्ने कार्यमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ ।
कविता महोत्सव (नेपाल प्रज्ञा-प्रतिष्ठान, २०६२ सालमा प्रथम स्थान), बाह्रखरी कथा प्रतियोगिता, २०७८ सालमा प्रथम स्थान ल्याउन सफल न्यौपाने गजलश्री सम्मान (विसं २०६०), वनिताश्री सम्मान-(विसं २०६१), षडानन्द प्रतिभा पुरस्कार (विसं २०६२), लोकतान्त्रिक वाङ्मय सम्मान– (विसं २०६३), श्रीकृष्ण पुडासैनी अभिनव गजल पुरस्कार (विसं २०६८)लगायत सम्मान-पुरस्कारबाट सम्मानित र पुरस्कृत भइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच