
काठमाडौं । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार तुलसी दिवसलाई दिने निर्णय गरेको छ । आइतबार प्रतिष्ठानका सदस्य-सचिव कृसु श्रेत्रीले एक विज्ञप्ति जारी गर्दै दिवसलाई २०८२ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैठकले उक्त निर्णय गरेको हो ।
दिवसले विश्व समुदायमा नेपाली भाषा साहित्य र संस्कृतिको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरिरहनुभएको छ । पुरस्कारको साथमा नगद ७५ हजार रुपैयाँसहित उहाँलाई सम्मानपत्र अर्पण गरिनेछ । वि.सं. १९९८ असारमा धनकुटामा जन्मिनुभएका साहित्यकार दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी प्रतिष्ठानले चर्चित साहित्यकार तोया गुरुङलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपैयाँसहित उहाँलाई सम्मानपत्र अर्पण गरिनेछ । वि.सं. २००४ साल चैतमा सिन्धुपाल्चोकमा जन्मिनुभएकी गुरुङका सूर्यदह, धूपी, देवल घुमेपछि, तोया गुरुङका लामा कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरू प्रकाशित छन् ।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं. २०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं. २०६६), वरिष्ठ कवि बैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्बर गुरुङ (वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा.डा. तारानाथ शर्मा (वि.सं. २०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (वि.सं. २०७६), वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम (वि.सं. २०७७), वरिष्ठ गायक कुमार बस्नेत (वि.सं. २०७८), वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाई (वि.सं. २०७९), वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत (वि.सं. २०८०) र वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापा (वि.सं. २०८१) लाई प्रदान गरेको छ ।
त्यसैगरी प्रज्ञा प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं. २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. बेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१ ), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४), गायक भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार हरिवंश आचार्य (वि.सं. २०७६), साहित्यकार सरू भक्त (वि.सं. २०७७), कलाकार मिरा राणा (वि.सं. २०७८), कलाकार थानबहादुर रावल (वि.सं. २०७९), वैज्ञानिक डा. महावीर पुन (वि.सं. २०८०), र कूटनीतिज्ञ विन्देश्वरी शाह (वि.सं. २०८१) लाई प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच