
काठमाडौं । नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित सांगीतिक समूह नेपाली लोक रक ब्याण्ड नेपथ्यको ‘नेपथ्य लाइभ इन बोष्टन’ जुन ११ तारिख बुधाबर बोष्टनमा हुने भएको छ । डिजे मुकुन्द इण्टरटेनमेन्टको प्रस्तुतिमा नेपथ्य लाइभ इन बोस्टन हुन लागेको हो ।
विगत लामो समयदेखि अमेरिकामा विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रम गर्दै आएको डिजे मुकुन्द इण्टरटेनमेन्टले नेपथ्य लाइभ इन बोष्टनलाई सफल बनाउन भव्य तयारीमा जुटेका आयोजक मुकुन्द पोखरेलले जानकारी गराउनुभयो । बोस्टन शहरको रोयाले बोष्टनमा हुने कन्सर्ट नेपाली समुदायको बहुप्रतिक्षित सांगीतिक कार्यक्रम हो । कन्सर्टको अग्रिम टिकेटसमेत खुला भइसकेको पोखरेल बताउनुभयो । बोष्टनलगायत अमेरिकाको जम्मा सातवटा राज्यमा नेपथ्यको प्रस्तुति रहनेछ ।
‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरी जाउँला’ ‘आँगनैभरि हिउँ नै झरे’ शिरफूल शिरैमा’ ‘लामपाते सुरति’, ‘चरी मर्यो’ ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’ ‘मै नाचे छमछमी’, सा कर्णाली, जोमसोम बजारमा, उडायो रेलैले, रेशम, तालको पानी जस्ता गीतहरू नेपथ्य ब्यान्डका लोकप्रिय गीतहरू हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच