
काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जनाउनुभएको छ ।
उहाँले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गर्नुभएको छ ।
शिक्षकहरूलाई काममा फर्काउन सरकारले पटकपटक वार्ता गरे पनि माग पूरा नभएसम्म घर नफर्किने उहाँहरूको अडान छ । यसबीचमा प्रधानमन्त्री, सभामुख, शिक्षामन्त्रीसँग शिक्षक महासंघका प्रतिनिधिबीच भएका छलफलबाट कुनै समाधान निस्कन सकेको छैन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच