
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईले आफ्नै कमजोरीले राजीनामा दिएको टिप्पणी गर्नुभएको छ ।
शिक्षामन्त्री भट्टराईले राजीनामा दिए लगत्तै फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बस्नेतले यस्तो टिप्पणी गर्नु भएको हो । भट्टराई एमालेबाटै मन्त्री बन्नुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले आजै राजीनामा दिनुभएको हो ।
मन्त्री भएको बेलादेखि नै मन्त्रीको कार्यसम्पादनमा कुरा उठेको दाबी गर्दै नेता बस्नेतले शिक्षामन्त्री भट्टराईको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेको पनि बताउनु भएको छ ।
यस्तै अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्ने उहाँको भनाइ छ ।
शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको र के कारणले राजीनामा दिनुभएको हो भन्ने सार्वजनिक भएको छैन ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भएको छ । यसैबीचमा शिक्षामन्त्रीले राजीनामा दिनुलाइ विशेषा चासाेका रूपमा हेरिएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच