
काठमाडौं । कपिलवस्तु साहित्य तीर्थ कपिलधाममा प्राडा.विष्णुराज आत्रेय (लाटोसाथी), पं.रश्मिराज अज्र्याल तथा हिमलाल ज्ञवालीको प्रतिमा अनावरण गरियो । नेपालका दर्जनौं साहित्यकारहरूको प्रतिमा राखिएको कपिलधाममा नेपाली संस्कृत एवं अवधि वाङ्मयका विद्वान प्राज्ञ प्राडा. विष्णुराज आत्रेय तथा साहित्यकार एवं समाजसेवी हिमलाल ज्ञवाली र विद्वान पण्डित रश्मिराज अज्र्यालको प्रतिमा अनावरण नेपाल सरकारका पूर्वपरराष्ट मन्त्री तथा साहित्यकार प्रदीपकुमार ज्ञवाली (शीतविन्दु) र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, विशिष्ट अतिथि मुख्यमन्त्री आचार्य, प्राज्ञ मधुसूदन गिरी, प्राज्ञ बाबा बस्नेत, ऋषि आजाद, पोमनारायण पौडेल, विष्णु भण्डारी, पार्वती शर्मा, अलका आत्रेय चूडाल र सिर्जना ज्ञवालीलगायत विभिन्न व्यक्तिहरूले प्राडा.आत्रेय र हिमलाल ज्ञवालीको व्यक्तित्व, कृतित्व र महत्वबारे चर्चा गर्नुभएको थियो ।
यसै अवसरमा बमबहादुर थारू, दुर्गा थापामगरलाई स्रष्टा सम्मान अर्पण गरिएको थियो भने टंकप्रसाद पराजुलीलाई ‘पाणिनीय व्याकरणे विष्णुराज आत्रेयस्य योगदानम्’ शीर्षकको आचार्य स्तरको शोधपत्रका लागि प्राडा.विष्णुराज आत्रेय (लाटो साथी) अध्ययन-अनुसन्धान पुरस्कार प्रदान गरिएको थियो ।
साथै कार्यक्रममा आज्ञा आत्रेय न्यौपानेको कवितासंग्र्रह ‘लेखनी’ प्रीति आत्रेय ज्ञवालीको स्मृतिकाव्य ‘लाटो साथी’ तथा डा.अलंकार आत्रेयद्वारा लिखित लघुकथा संग्र्रह ‘अनवरत प्रेम’ तथा कपिलधामको संक्षिप्त परिचय पुस्तिकाको पनि लोकार्पण गरिएको थियो । कार्यक्रम प्राडा.विष्णुराज आत्रेय (लाटो साथी) स्मृति प्रतिष्ठान तथा हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच