
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले नाफा बढाउन थालेका छन् । २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४१ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । वाणिज्य बैंकहरूले चैतसम्म दुर्ई खर्ब ७८ अर्बले लगानी गरेर उक्त नाफा आर्जन गरेका हुन् । बैंकहरूले सार्वजनिक गरेको चैतसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा ४० अर्ब ६८ करोड ३० लाख अर्थात् १.४ प्रतिशतले बढेको थियो । २०८१ चैतसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले पाँच अर्ब पाँच करोड १४ लाख रुपैयाँ नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको छ । इन्भेष्टमेन्टले गत आर्थिक वर्ष तीन अर्ब २७ करोड नाफा कमाएको थियो । नाफाको सूचीमा तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले चार अर्ब ५३ करोडभन्दा बढी नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ३० लाख रुपैयाँ नाफा कमाएको थियो । एनआइसी एसिया बैंकको नाफा १५ करोड ६७ लाख रहेको छ भने कृषि विकास बैंकको एक अर्ब ८४ करोड रुपैयाँ खुद नाफा रहेको छ । प्राइम कमर्सियल बैंकले दुई अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ भने एनएमबी बैंकले दुई अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । एभरेष्ट बैंकले तीन अर्ब ४५ करोड र नेपाल बैंकले दुई अर्ब ७८ करोड रुपैयाँ कमाएको छ । ११ वाणिज्य बैंकले तेस्रो त्रैमासिकमा आफ्नो नाफा बढाए पनि नौ वाणिज्य बैंकहरूको नाफा भने घटेको देखिएको छ ।
त्यसो त नाफा केही बढेको देखिए पनि वाणिज्य बैंकहरूको खराब कर्जा अनुपात(एनपिएल) पनि सात प्रतिशत नजिकसम्म पुगेको छ । चैतसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको रहेको छ । गत वर्षको चैतसम्ममा ४.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु वर्षको चैतसम्ममा ७.६८ प्रतिशत पुगेको छ । कुमारी बैंकको ६.९८ र नेपाल इन्भेष्टमेन्ट बैंकको ६.०६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा कुमारीको ४.९५ र इन्भेष्टमेन्ट मेगा बैंकको ४.६६ प्रतिशत थियो । लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६, सिटिजन्स बैंकको ५.७१, प्राइम बैंकको ५.६५, एनआइसी एसियाको ५.७५, नेपाल बैंकको ५.४५ र प्रभु बैंकको ५.०९ प्रतिशत खराब कर्जा रहेको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको ४.९८, नबिल बैंक ४.९६, राष्ट्रिय वाणिज्य बैंक ४.६९, माछापुच्छ्रे बैंक ४.५९, एनएमबी बैंक ४.४७, नेपाल एसबिआई बैंक ४.०६, कृषि विकास बैंक ४.९८, सिद्धार्थ बैंक ४.०४ र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ । तर, स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको खराब कर्जा भने क्रमशः १.४४ र ०.६४ प्रतिशत रहेको छ ।
विकास बैंकहरूको नाफा साढे तीन अर्बभन्दा बढी
सञ्चालनमा रहेका आठ राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्षको चैतसम्म तीन अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.३५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले तीन अर्ब ५३ करोड ८८ लाख नाफा कमाएका थिए । खुद ब्याज आम्दानी पनि १४ अर्ब ६५ करोडबाट बढेर १५ अर्ब ४५ करोड पुगेको छ । दुईवटा बैंकबाहेक सबैको ब्याज आम्दानी बढेको हो । तथापि बैंकहरूको एनपिएल पनि बढेको छ । खराब कर्जा बढ्दा एनपिएल दर पनि बढेको हो । आठ विकास बैंकको एनपिएल औसतमा ५.०४ प्रतिशत पुगेको छ । जुन गत वर्षको चैतसम्मको तुलनामा १.४७ प्रतिशतले बढी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच