
अब विनम्रतापूर्वक नै भन्नुपर्छ चार-पाँचजनाको पदको लोभ, कुर्सी तानातानको दशकौंदेखिको खेल र झेलले नेपालीको भविष्य अन्धकार बनायो । तिमीहरूको नेतृत्वमा देशले विकासमा कोल्टे नफेर्ने निश्चित भयो । तसर्थ प्रधानमन्त्रीको कुर्सी झम्टीझम्टी ओगट्ने काम बन्द गर । कबाफमा हड्डी नबन । विकासको खाका भएका युवाहरूलाई नेतृत्व गर्न नछेक । युवाहरूले पनि अब पार्टी र देशमध्ये एक रोज्ने बेला आयो । देश ठूलो कि पार्टी ? पार्टीहरूमा बाँधिएका असल युवाहरूको एकीकरण र ध्रुवीकरणविना विकासले गन्तव्य निर्धारण गरेन । हिजो पञ्चायतले विकास र परिवर्तनलाई रोक्यो भन्यौ । व्यवस्था परिवर्तन हुनेबित्तिकै जनताको अवस्थामा परिवर्तन गर्छौं भन्यौ । त्यही आसले जनता विद्रोहमा होमिए । कतिले सहादत पाए । विद्रोह सफल भयो । तिमीहरू सत्ताको हकदार बन्यौ ।
देशले, सहादत हुने र तिनका आश्रितहरूले के पाए ? तिम्रो व्यवहार, आचरणमा जनताको अवस्थालाई परिवर्तन गर्ने सोच पटक्कै देखिएन । तिमीहरूसँग जनहितको नयाँ कार्ययोजनाहरू केही भेटिएन । तिमीहरूको गन्तव्य जनताको उत्थानमा भएन । आफू र आफ्नाको उत्थानमा मात्रै केन्द्रीकृत भयौ । धेरै समयसम्म तिमीहरू सुध्रिन्छौ कि भनेर पर्ख हेर अनि पर्ख हेर गर्दागर्दै तीन दशक बित्यो । यसले गर्छ कि भन्यो गर्दैन । फेरि अर्कोले गर्ला कि भनेर अर्कालाई जिम्मा दिने क्रममा धेरैले देश बनाउने प्रधानमन्त्रीको पद र कुर्सी पाए । हिजो देश बनाउछु भन्नेहरूसँग देश बनाउने खाका रहेनछ । भाषण र गालीले देश बन्दैन भन्ने विषयलाई ढिलै भए पनि आत्मसात गर ।
भ्रष्टाचारको आहालमा पौडी नखेल्ने एकजना व्यक्तिसँग राज्य सञ्चालनका महत्वपूर्ण पदमा रहनेहरूको कसरी सातोपुत्लो जाँदोरहेछ भन्ने उदाहरण बनिन् तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की । त्यसैले उच्च पदमा नियुक्ति हुने पात्रहरू सदाचारी, इमानदारीता भएकाहरूमध्येबाट नियुक्ति गर्ने छुट्टै संयन्त्र नभए स्थिति नसुध्रिने पक्का भयो ।
आफ्नो र आफ्नाको मात्रै आर्थिक विकास गर्ने योजना र कार्यक्रममा तिमीहरू उम्दा प्रमाणित भयौ । देश र जनताको उत्थानको योजना नहुँदा अहिलेसम्म जिम्मेवारी प्राप्त गर्ने जनताको उत्थानमा अक्षम र असफल बन्यौ । नेतृत्व गर्नेमा सत्ताको भोकसँगै तृप्तिहीन मुद्राको खतरानाक भोक एउटामा होइन सबैमा जाग्यो । भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्दै नामुद भ्रष्ट बन्यौं । लाग्छ भ्रष्टाचार तिम्रो अम्मल हो । निमुखालाई न्याय र गरिबलाई आय भन्दै आफू र आफ्नालाई सम्पत्ति जम्मा गर्ने प्रतिस्पर्धामा लाग्यौ । सत्ता संघर्ष र सत्ता साझेदारीको खतरनाक रोग भित्र्यायौ ।
नेपाली नागरिकलाई भुटानी बनाउँदै अमेरिका पठाउने धन्दामा प्रधानमन्त्रीहरू पोलिए । पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री, सचिवलगायत धेरै नराम्ररी डामिए तर कारबाही नहुँदा दण्डहीनताले गिज्यायो । भ्रष्टाचारको अनुसन्धान गर्ने संवैधानिक निकायका पदाधिकारीहरूदेखि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पार्टीहरूका भरौटेहरूको भर्तीले निष्पक्षता र न्याय मर्यो । सरकारी कार्यालयहरू पार्टी कार्यालय जस्तै बनायौ । परिणामस्वरूप अपराधलाई राजनीतीकरण र राजनीतिमा अपराधीकरण हुनथाल्यो । दण्डहीनता अहिलेका जिम्मेवारहरूको अघोषित साझा राजनीतिक सिद्धान्त र गन्तव्य बन्यो ।
भ्रष्टाचारको आहालमा पौडी नखेल्ने एकजना व्यक्तिसँग राज्य सञ्चालनका महत्वपूर्ण पदमा रहनेहरूको कसरी सातोपुत्लो जाँदोरहेछ भन्ने उदाहरण बनिन् तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की । त्यसैले उच्च पदहरूमा नियुक्ति हुने पात्र सदाचारी, इमानदारीता भएकामध्येबाट नियुक्ति गर्ने छुट्टै संयन्त्र नभए स्थिति नसुध्रिने पक्का भयो । निर्वाचित हुने उम्मेदवार र नियुक्ति हुने व्यक्तिको छनौटमा हुने कैफियतले नै व्यवस्था फेरिँदा जनताको अवस्था फेरिएन । प्रधानमन्त्रीहरू नै काण्डैकाण्डमा फस्ने घटनाक्रमले अगुवा नै बाटो हगुवा भन्ने उखान चरितार्थ भयो । उच्चपदस्थ नै भ्रष्टाचार र मानव बेचबिखन जस्तो जघन्य अपराधमा जोडिए भने भ्रष्टाचार र कुशासनको खेती यसभन्दा अर्को के हुनसक्छ ?
देश सुधार्ने लक्ष्य हुनेहरूका लागि दुई-तीन दशकको अवधि पर्याप्त हो तर यत्रो लामो समयसम्म देश जिम्मा लिँदा पनि दुई-चार प्रशंसायोग्य कामको सिन्को किन भाँचिएन ? काम कहीँ कतै भएको यदि छ भने पनि लक्षित विकासको ध्येय प्राप्त गर्न नभएर कमिसनको आशमा भए होलान् । सडक, नहर तथा भवन, टावर निर्माणका काम ठेकेदारले नजराना बेगर नपाउने वातावरणले अब ठेकेदार डराउन छोडे । निर्धारित समयमा काम सम्पन्न हुन छोड्यो । शासकलाई मस्ती र जनतालाई सास्तीको युग आयो । त्यसको राम्रो उदाहरण हो नारायणगढ बुटवल खण्डको सडक स्तरोन्नतिको ठेक्का ।
यसै अवधिमा भारतले गाजियावाद-अलिगढ १०० किलोमिटर सडकको काम १०० दिनमा पूरा गरेर विश्व रेकर्ड कायम ग¥यो । राज्य संयन्त्रको जिम्मा लिनेहरू कमिसन र भ्रष्टाचारमा फसे भने देश र जनताको दुर्दशा के हुन्छ भन्ने प्रमाण हो बुटवल–नारायण गढ सडक खण्डमाको यात्राको सास्ती । देश बनाउँछु भन्ने सोच नभएर कमिसनको र नाजायज फाइदाको आशमा भए गरेका कामहरूले देशले विकासमा किमार्थ कोल्टे फेर्दैन । जेजति विकास भएको छ मानिस जन्मेपछि उसको उमेर बढेजस्तो विकासमा भए गरेको बढोत्तरीलाई बढाइचढाइ प्रस्तुत नगर । विकासको तुलना हिजोसँग गर्नु गलत हो । यो जनतालाई ठग्ने र ढाँट्ने अस्त्र हो ।
वास्तविक विकासको तुलना जहिले पनि छिमेकसँग हुन्छ न कि हिजोसँग ? भारत र चीनका जनताको जीवनस्तरसँग तुलना गरौं त हामी कति दयनीय अवस्थामा छौं ? कर, दस्तुर जस्ता विषयहरूमा छिमेकीको भन्दा चर्को दर निर्धारण गर्ने, संकलित राजस्व दुरुपयोग गर्ने र जनतालाई बेवास्ता गरेपछि के हुन्छ भन्ने उदाहरण बंगलादेश र श्रीलंकाबाट शिक्षा लिन किन सकेनौ ? अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले कोर्न खोजेको सलाईको काँटीलाई न्यून आँकलन नगर । यदि सुकेको पराल अर्थात् सरकारको कामकारबाही, व्यवहार, जीवनशैली र कार्यशैलीबाट रुष्ट जनता कतै एकीकृत भए भने विद्रोहको आगो निभाउने नैतिक बल सरकारसँग छैन । तसर्थ नसोचेको परिवर्तन नहोला भन्न सकिँदैन ।
रवि लामिछानेलाई चितवन दुईमा दुई-दुई पटक जनमत किन खनियो ? तिम्रै कांग्रेस, एमाले र माओवादीका भोट होइनन् ? छिमेकीसँग तुलना गर्ने विकासको काम केही भएको छ ? विकासको कुरा छोड । आफ्नो भू-भागमा ३६ किलोमिटर लामो पक्की सडक भारतले बनाउँदासमेत त्यसको समयमा प्रतिवाद गर्न सकेनौ । भूगोल जोगाउन नसक्नेले जनताको उत्थान गर्छन् भनेर कसरी पत्याउने ? चुच्चे नक्साको हल्ला अहिले किन सेलायो ? आफ्नो पश्चिमी सिमानासम्म खुट्टा टेक्ने आँट कुनै प्रधानमन्त्रीसँग छ ? भूगोलसँग सौदा, सम्झौतामार्फत पदको राजनीति गर्नेहरूबाट नेपालीहरूको विकास र समृद्धिको चाहना सधैं चाहनामा सीमित भयो । विकास तिम्रो फगत बाहना रहेछ ।
भ्रष्टाचार गर्न नपाउँदासम्म भ्रष्टाचार नगर्नेहरू धेरै छन् तर भ्रष्टाचारको अवसर पाएपछि भ्रष्टाचार नगर्नेहरूको नितान्त खडेरी र अभाव देखियो । तिमीहरूले समानता र न्याय भन्यौ । तिमीहरूले समानता र न्यायको परिभाषा नै फेर्यौ । शिक्षा, स्वास्थ्यमा आमपहुँच, गुणस्तरीयताका वाचाहरू कता गए ?
देशले यसबीचमा गरेको विकासको फेरिस्त तिमीहरूका भ्रष्टाचारका काण्डहरूलाई एकै ठाउँमा जम्मा गर्ने हो भने यस देशको इतिहासमा नभएको भ्रष्टाचारका काण्ड तिमीहरूकै पालामा भए । काम किन भएन भनेर देखाउन भ्रष्टाचारका काण्ड पनि पर्याप्त नै छन् । तिमीहरू विविध वाद, सिद्धान्तबाट आयौ तर सत्तामा आउन, टिक्न तिमीहरूले वाद र सिद्धान्तलाई भ्रष्टाचार गर्ने भ¥याङ बनायौ । सबैको शासकीय कार्यशैली, परिवारवाद, गुटवाद, झुटवाद र भ्रष्टाचार आदि कुशासनले तिमीहरूको श्रीवृद्धि भयो । देशलाई टाट उल्ट्यायौ । सबैको शासकीय अनुभव लिएपछिको जनताको निष्कर्ष हो अब खुरुक्क जो अहिले आलोपालोबाट के पाइन्छ भन्ने लोभमा पदका लागि वरिपरि झुम्मिएका कोही पनि परिवर्तनको नायक र बाहक बन्न लायक ठहरिएनन् । तसर्थ ढिलो नगरिकन कुर्सी र धनका लागि मरिहत्ते गर्नेहरू सबैलाई जनता विनम्रतापूर्वक भन्छन् पद र कुर्सीको मोह तत्काल छोड ।
तिमीहरू सबैले अब ढिला नगरिकन राज्यसत्ताको आलोपालो स्वाद लिने बानी छोड । अब भन्नैपर्छ जनता र राजनीतिक सिद्धान्तलाई तिमीहरूले धोखा दियौ । तिमीहरूको पनि दुर्नाम भयो । नेपाल र नेपालीलाई धोखा दिनेहरूले अब राज्यसत्ता र राजनीति समेतलाई प्राणले शरीरलाई जसरी छोड्छ त्यसरी नै छोड । राजनीतिलाई तिमीहरूको पहुँच, वर्चस्व र सम्भावना आदि सबै शून्यमा बिलिन हुनेगरी छोड । तिम्रा आश्वासनका चाङ तिमीहरूले नेपाली जनतालाई भ्रममा पार्ने स्वाँङमात्रै रहेछन् । खोइ गरिबी निवारण ? गरिबी निवारण गर्दा जनतालाई झन् ऋणको बोझ थप्यौ । राजालाई खर्चिलो भन्यौ । राजा महाराजाभन्दा विलासी र खर्चिला तिमीहरू आफैं बन्यौ ।
भ्रष्टाचार गर्न नपाउँदासम्म भ्रष्टाचार नगर्ने धेरै छन् तर भ्रष्टाचारको अवसर पाएपछि भ्रष्टाचार नगर्नेहरूको नितान्त खडेरी, अभाव देखियो । तिमीहरूले समानता र न्याय भन्यौ । तिमीहरूले समानता र न्यायको परिभाषा नै फे¥यौ । शिक्षा, स्वास्थ्यमा आमपहुँच र गुणस्तरीयताका वाचा कता गए ? ठुल्ठूला निजी स्कुल र अस्पतालहरूको हिजोको चर्को विरोध नक्कली रहेछ । अहिले भूमिका फेरियो । तिमीहरूको भाका पनि फेरियो । हिजो चर्को विरोध गर्नेहरूकै स्वामित्वमा अहिले देशकै ठुल्ठूला स्कुल कलेज र अस्पताल छन् । तिम्रो स्वामित्वमा भएपछि तिनीहरूको शोषण तिम्रा लागि पोषण बन्यो । भनाइ र गराइमा एकरूपता नहुनेहरूको नेतृत्वले देश बन्दैन ।
यो डुब्न लागेको जहाजलाई अब डुब्नबाट जोगाउन आफ्नो चिन्ता नगर्ने फगत देशरूपी जहाजभित्रको गरिबी र अभावमा बाँच्न बाध्य जनताको उत्थानको एकमात्र ध्येय भएको क्याप्टेन रोज्ने बाटोलाई अब नछेक । विकासको नाममा विकासको निकास दशकौ बन्दगर्नेहरूको भिडबाट देश जोगिनुपर्छ । स्वाभिमानसँग र सिद्धान्तसँग दिनदिनै, छिनछिनमा पदका लागि सम्झौता गर्नेहरू राजनेताको योग्यता राख्दैन । जोसँग राजनेताको योग्यता र हैसियत छैन उनीहरूको नेतृत्वमा राजनीतिले किमार्थ बेडा पार गर्दैन ।
अब बेडा पार गर्न अक्षम माझीलाई देश र जनताले बिदाइ गर्नुको कुनै विकल्प छैन तर विकास, प्रगति र समृद्धिको वैकल्पिक नेतृत्व खोज्नैपर्छ । हिजो दिएका आश्वासनले खाएका ताली अहिले अनन्त गालीमा परिवर्तन किन भए ? अलोकप्रियताको कारण आफैंभित्र खोज । जनतासँग तिम्रा कुराहरू सुन्नेसम्म धैर्य छैन । सकेनौ भन्ने सत्यलाई स्वीकार्दै तत्कालीन राजा ज्ञानेन्द्रले झैँ पद र कुर्सी छोड । विकास तीन दशक रोक्यौ अब प्रार्थना छ विकासको निकास नरोक ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच