मकवानपुर । प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुम्ताज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार,पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ रातोमाटेमा चेकिङको क्रममा अमलेखगन्ज बाराबाट काठमाडौंतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो चेकिङको क्रममा हुडमा रहेको स्पेर टायरभित्र लुकाएर ल्याएको २२५ बोतल लागूऔषध फेला परेको हो।
टायरभित्र प्वाल पारेर लुकाइ ल्याएको अवस्थामा सय मिलिलिटरको वनरेक्ससहित चालक मियाँलाई सुमोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मियाँलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच