
ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले लिएको कक्षा ५ को पालिकास्तरीय परीक्षामा ९ वटा विद्यालयको नतिजा शून्य भएको छ ।
नगरपालिका क्षेत्रभित्रका ९ वटा सामुदायीक विद्यालयका कक्षा ५ का कुनै पनि विद्यार्थीले पास मार्क ल्याउन सकेनन् । कँडेनी मावि, हिमालय मावि, नारायणस्थान मावि, सप्तकन्या आधारभूत विद्यालय, आनन्देश्वर आधारभूत विद्यालय, अन्तर्राष्ट्रिय युवावर्ष आधारभूत विद्यालय, वालविकास आधारभूत विद्यालय, रक्तमाला आधारभूत विद्यालय र सिद्धदेवी आधारभूत विद्यालयका कक्षा ५ का कुनै पनि विद्यार्थी पास नभएका हुन् ।
पास भएका विद्यालयहरुमा पनि उत्तीर्ण प्रतिशत निकै कम रहेको छ । जम्मा ३६.७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएको नगर शिक्षा शाखाले जानकारी दिएको छ । पालिकाभरी १४ वटा केन्द्र बनाएर परीक्षा सन्चालन गरिएको शिक्षा शाखा प्रमुख फडिन्द्र कटवालले जानकारी दिनुभयो ।
शिक्षा शाखाले प्रश्नपत्र बनाउनेदेखि केन्द्र तोकेरै परीक्षा सञ्चालन गरी उत्तरपूस्तिका समेत आफैँले काटेको थियो । सामुदायिक र संस्थागत बोर्डिङ स्कुल गरेर जम्मा ४२ वटा विद्यालय भएपनि ३८ वटा सामुदायिक विद्यालयको मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गरिएको थियो ।
पालिका भरीका ३८ वटा सामुदायिक विद्यालयका कक्षा ५ मा २ सय ९६ जना विद्यार्थी भएकोमा २ सय ७० जना परीक्षामा सहभागी भएका थिए । सहभागी भएका विद्यार्थी मध्ये ९९ जना मात्रै उत्तीर्ण भएका छन् । ८४ जना विद्यार्थीलाई ग्रेडबृद्धिका लागि मौका परीक्षाको अवसर दिएको छ । ८७ जना विद्यार्थी पूर्णरुपमा फेल भएका छन् । ग्रेडबृद्धिको परीक्षा विद्यालय आफैँले सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख कटवालले बताउनुभयो ।
३८ वटा सामुदायिक विद्यालय मध्ये तीन वटा विद्यालयले सतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएका छन् । रुम्जाटार माध्यमिक विद्यायल रुम्जाटारका सहभागी ११ जना मध्ये ११ जना नै पास भएका छन् । भगवती आधारभूत विद्यालय र दुधकोशी आधारभूत विद्यालयका १/१ जना विद्यार्थी सहभागी भएकोमा सतप्रतिशत उत्तीर्ण भएका छन् । जन्तरखानी माध्यमिक विद्यालयका १५ जना विद्यार्थी सहभागी भएकोमा १२ जना (८०%) विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी जालपा माध्यमिक विद्यालयका २० जना विद्यार्थी सहभागी भएकोमा १४ जना (७०%) उत्तीर्ण भएका छन् । १२ वटा विद्यालयमा १/१ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । रक्तमाला आधारभूत विद्यालयका १७ जना विद्यार्थी सहभागी भएकोमा २ जना मात्रै विद्यार्थी उतीर्ण भएका छन् । यो पालिका भरीको सबैभन्दा कम (११.८%) विद्यार्थी उत्तीर्ण भएका हुन् ।
दोश्रो कम विद्यार्थी उत्तीर्ण गराउनेमा बिगुटार माध्यमिक विद्यालय र शेर्पा सामुदायिक आधारभूत विद्यालय रहेका छन् । दुवै विद्यालयका सहभागी ८ जना विद्यार्थी मध्ये १ जना विद्यार्थी (१२.५%) मात्रै उत्तीर्ण भएका छन् ।
अहिलेको परिक्षामा नसोचेको नतिजा आएको छ, यो के कारणले भएको हो सम्बन्धित प्रधानाध्यापक, अविभावक सँग छलफल गर्ने र कारण पत्ता लगाई आवश्यक गतिविधीहरु सन्चालन गर्ने सामाजिक विकास समिति संयोजक एवं वडा नं १ का वडाअध्यक्ष तीर्थ घिमिरेले बताउनुभयो । अविभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाउँदैनन्, विद्यार्थी पढ्दैनन् भन्ने शिक्षकको गुनासो छ । उत्ता शिक्षकले विद्यालयमा राम्रो नपढाउने गरेको गुनासो अविभावकको भएकाले दुवै पक्ष सँग छफफल गरेर अगाडि बढ्ने संयोजक घिमिरेले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच