
काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महाभोज’ले सहकारी ठगीको विषय उठाएको छ । मंगलबार सार्वजनिक टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पार्छ । चलचित्रमा अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा हुनुहुन्छ ।
झण्डै दुई मिनेट लामो टिजरमा पैसाले निम्त्याएको पारिवारिक तथा सामाजिक द्वन्द्व र सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ । टिजरअनुसार आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा हुनुहुन्छ । खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देख्न सकिन्छ । गौमाया गुरुङले दयाहाङको श्रीमतीको भूमिका निभाउनुभएको छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुनुहुन्छ ।
चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, सुनिल क्षेत्री र मौसम हिमालीको नृत्य निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ । निर्देशक राउतका अनुसार चलचित्रमा पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको कथा छ, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच