
काठमाडौं । नेपाली लघु चलचित्र ‘पाउलो’ (द शुज) चीनको स्मलरिग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट सहभागी तीन हजार ७९१ चलचित्रहरूमध्ये छनोट भएका ९८ चलचित्रहरूबाट २० वटा चलचित्रहरू नोमिनेशनमा परेको थियो । चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरिग अवार्डमा ‘पाउलो’ प्रदर्शनसमेत हुँदैछ ।
लघु चलचित्र ‘पाउलो’ यसअघि भारतको सिएमएस इन्टरनेशनल चिल्ड्रेन्स चलचित्र फेष्टिभलमा पनि नोमिनेशनमा परेको थियो । अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म अवार्ड, रसियाको किनो फेष्टिभल ‘लाइट अफ द वल्र्ड’, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेष्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसनलगायत थुप्रै फिल्म महोत्सवहरूमा ‘पाउलो’ छनोटसमेत भएको थियो । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको (एनसिआइएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो ।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’मा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाईंले अभिनय गर्नुभएको छ । काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सनेछ भने प्रोडक्सन म्यानेजमेन्ट चक्रप्रसाद पोख्रेलले गर्नुभएको छ । सहायक निर्देशन करण साउदको रहेको यो लघुचलचित्रमा नारायण जिसीको छायांकन अनिलकुमार महर्जनको सम्पादन छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच