
काठमाडौं । स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य भन्ने नाराका साथ आयोजित ‘दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२’ को उपाधि हिमालयन एभरेष्ट इन्स्योरेन्सले हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले हिमालयन लाइफ इन्स्योरेन्सलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ का अवसरमा अन्तरबीमा कम्पनी फुटसल प्रतियोगिता बीमा दोकान प्रालिले आयोजना गरेको हो ।
प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ कम्पनीको सहभागिता थियो । जसमध्ये फाइनल चरणमा पुगेका दुर्ई कम्पनीहरू हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच भएको फाइनल खेल निकै रोमाञ्चक थियो ।
प्रतियोगिता एन्फाका महासचिव किरण राईले उद्घाटन गर्नुभएको थियो । दोस्रो दिनको खेलमा नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगिताका विजयीहरूलाई प्रमाणपत्र, शिल्ड, ट्रफी र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स मेडल, शिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्सले मेडल, शिल्ड र १५ हजार नगद जितेको छ ।‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मूल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच