
काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको नौ महिनामा सात करोड ८४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान पाँच करोड ४० लाख थियो । दोस्रो त्रैमासिक अवधिमा ८.२२ प्रतिशत रहेको पुँंजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रूपमा सुधार भई ११.४९ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशतभन्दा कम भएकाले शीघ्र सुधारात्मक कारबाहीमा परेको बैंकले पुँजीकोषमा सुधार भएपछि उक्त कारबाहीबाट हट्ने विश्वास लिएको छ । बैंकका अनुसार चैतमा बैंकको प्रतिसेयर आम्दानी १८.७६ रुपैया, निष्क्रिय कर्जा अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत र नेटवर्थ प्रतिसेयर ७९.८९ रहेको छ ।
हालैमात्र बैंकले विगत दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको थियो भने राष्ट्र बैंकले प्रादेशिकस्तरको विकास बैंकका लागि तोकेको न्यूनतम चुक्ता पुँजी १२० करोड पुर्याउन हाल कायम चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेश गरिसकेको जनाएको छ ।
सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको विकास बंैक हो । बंैकले हाल २६ शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा गत पुस महिनादेखि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच