
नेपाली राजनीति आरम्भ भएको नेपालको एकीकरण अभियानबाट हो भनेर तोक्न सकिन्छ । किनभने नेपालका भारे टाकुरे जमिनदार जस्ता राजालाई एउटा ठूलो राज्य बनाएर त्यसका मातहतमा देशको आकार प्रक्षेपण नगरुन्जेल राज्य नै थिएन अनि कसरी राजनीति सुरु होओस् । मुलुकभरिका भारेटाकुरे गाउँले राज्यलाई देशका आकारमा परिवर्तन गरे पनि यो देशले बाहृय विश्वसँग सम्पर्क बढाउन लागेको चाहिँ २००७ सालको नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिपछि मात्रै हो भन्दा पनि हुने अवस्था थियो । पृथ्वीनारायण शाह योद्धा थिए । उनले रणनीतिक कौशलका साथ केही गाउँ जितेका थिए र ती गाउँलाई आफूले जितेका भूभागमा मिलाएर एउटा राज्यको नाम दिए पनि त्यहाँका मानिसको लवाइ, खुवाइ, चाडबाड, मेलापर्व, धर्मसंस्कृति आदिमा कुनै प्र्र्रकारको बेदख्ली गरेका थिएनन् ।
यसले गर्दा जुन भू–भागमा बसेका जनताले पनि उनलाई सहज स्वीकार गरे । मानव समुदाय धर्म, भाषा, भेषभूषा र संस्कार संस्कृतिमा कसैले हस्तक्षेप गरेको चाहिँ सहन सक्दैन भन्ने कुरो उनले बुझेका रहेछन् । आदिम पुर्खाले नांगा पैताला धूलो या दब्दबे हिलामा टेकेर पैतालाका बसेका डामलाई नै आज हामी धर्म, संस्कार अनि संस्कृति भनेर एक आपसमा लडाइँ गरिरहेका छौं । आज पनि सनातन धर्म परिवर्तन गराउन या हिन्दु र मुसलमानका आचरण क्रियाकलापमा सानो पनि धक्का लाग्दा दुवै थरी देशको अमन चयन नै खल्बलिने गरी आपसमा भिडेको देखिन्छ नै । काठमाडौंका नेवारले क्षत्रीय र ब्राहृमणलाई पाखे (लाखे राक्षस) मधिसेलाई मड्स्या (खिचा) जुठो खाने कुकुर जस्ता आफूलाई चाहिँ सदरिया ‘सें’ भनेर वर्गीकरण (हनें/खें/सें) गरेका थिए ।
२१औंदिनदेखि शिक्षक सडकमा छन् । प्रधानमन्त्री काला व्यापारीका पक्षमा निर्लज्ज किसिमले उभिएका देखिन थाले । ओम्नी, गिरिबन्धु टी-स्टेट, ललिता निवास सुक्रीबिक्रीदेखि यावत् कुरामा लाटाको धरो खुस्के झैँ सरकारको लज्जा बाहिरिएको छ । यति हुँदा पनि तीनवटै ठूला दलका ठूलो नववादशाह ‘वादशाहको नयाँ कपडाको वादशाह’ बनेर देखिन लागेका छन् ।
अन्यत्र काहिँ पनि जनताले प्रतिरोध नगरी उनको प्रशासन स्वीकार गरेको इतिहास देखिन्छ । काठमाडौंभन्दा पूर्व त चिठीका भरमा राज्य एकीकरण भएको थियो । पश्चिमतिर चाहिँ भारतीय राजारजौटाका प्रभावले हतियार उठाउनुपरेको थियो । आज पनि पश्चिम नेपालमा भारतीय राजा रजौटाको अनुकरण गर्ने बोली, चालचलन हराएको देखिँदैन । पृथ्वीनारायण शाहकै पालादेखि आजसम्मकै शासकले पश्चिम नेपालका जनताको समस्यालाई नजर अन्दाज नगरेको भए आज देशको यो दुर्गति हुने थिएन ।
सरकारमा गएका व्यक्तिले आफ्ना र आफन्तका काम कुरा सोच्ने गर्ने गरेका कारणले देशमा अन्याय, अत्याचार, भाँडभैलो बढेर गएको देखिन्छ । राजाका समयको कुरा नगरौं किनभने त्यो जातै जमदार हो । राणा पनि जनताका नाममा उब्जेको राज्यको ऐँजेरु नै थियो । अतः त्यसबेला केही भएन भन्नु र मान्छे निदाएका बेला काम गरेन भन्नु जस्तै हो । बहुदलीय संघात्मक गणतन्त्रीय प्रजातन्त्रमा देखिएका माओवादी अध्यक्षदेखि आरम्भ भएर आजका दिनसम्मका पाँचजना प्रधानमन्त्रीहरू शाह या राणाका जुठेल्नामा जागेका पिशाच जस्ता भएको जनताले अनुभव गरेका छन् ।
दिवापश्यतिनोलूकःकाको नक्तं नपश्यति ।
अपूर्व कोद्रपिलोभान्धदिवानक्तं न पश्यति ।।
लाटो कोसेराले दिउँसो देख्दैन । कागले राति देख्दैन । अपूर्व किसिमको चरित्र भएको लुब्धका लागि दिन रात नै समान हुन्छ भनेर यो श्लोकमा शास्त्रकारले भनेका छन् । माओवादी अध्यक्ष, नेपाली कांग्रेसका वर्तमान सभापति र अहिलेका प्रधानमन्त्रीका प्रवृत्ति मिलाएर हेर्नुहोस् ठ्याक्क लाटोकोसेरो, काग र सत्तालुब्धान्धको चरित्र चित्रित भएको भेट्नु हुनेछ । एक शब्दमा भन्दा अहिले कुख्यात भ्रष्टाचारीको आतंकयुक्त शासनसत्ता रहेको देखिन्छ । भारतीय सीमाना नजिकमा र काठमाडौं उपत्यकाभित्रै पनि मुजाहिद्दिन, हुटु, टुट्सी र बर्माबाट विस्थापनमा पारिएका रोहिङिग्या समेतको अन्तर्राष्ट्रिय आतंककारीको समूह अनेकौं भेषमा आएर बसेको छ र विदेशी मुस्लिम धर्मावलम्बीले तिनलाई पठाएको सहयोगको कमिसन खाएर सरकार विदेशी आतंककारीका मुठीको माखो बनेको छ ।
पन्ध्रौंदिनदेखि शिक्षक सडकमा छन् । प्रधानमन्त्री काला व्यापारीका पक्षमा निलज्र्ज किसिमले उभिएका देखिन थाले । ओम्नी, गिरिबन्धु टी-स्टेट, ललिता निवास सुक्रीबिक्रीदेखि यावत् कुरामा लाटाको धरो खुस्के झैँ सरकारको लज्जा बाहिरिएको छ । यति हुँदा पनि तीनवटै ठूला दलका ठूलो टाउको भएका तिनैजना नववादशाह ‘वादशाहको नयाँ कपडाको वादशाह’ बनेर देखिन लागेका छन् । तीनकुने काण्डको विध्वंश सास न बास भएर निसासिएको ज्ञानेन्द्रका मानिसले भन्दा गणतन्त्रवादी भनाउँदाका क्रियाकलाप, बोली, दम्भ अनि हेपाहा प्रवृत्तिबाट आक्रोशित भएका र मसान साध्न सकिन्छ भन्ने गलत सोच बोकेका गलत आचरण गर्दै आएका प्रसाईं जस्ता अर्धंगीका कारणले भएको देखिन्छ ।
सरकारले यसको राम्रो छानबिन गरेर यथार्थ बाहिर नल्याई ढाकछोप गरे जनताको आक्रोश झनै बढ्नसक्छ । प्रजातन्त्र भनेको पारदर्शी आचरण, संस्कार तथा प्रचलनको नाम हो । यद्यपि नेपालको प्रजातन्त्र ज्यानमारा, लुटेरा तथा भेडाको छाला ओढेर छद्म भेषमा गाई मारेर खाने र निरपराध मान्छेको तातो रगत सुँघेर ‘सामन्तको गर्दन छिनाइयो तातो रगत चाखियो’ भनेर गौरव गर्ने संस्कारसँग गला मिलाएर चलाउन खोजिएको हुनाले मान्छेलाई अपराध सुकृत्य र कुकृत्य चाहिँ सुकृत्य जस्तो लाग्न थालेको छ ।
निजवर्षाहितस्नेहाबहुभक्तजनान्विताः ।
सुकालाइवजायन्तेनेता पुण्येनकार्यकृत् ।।
आफ्ना चाहना र स्नेह प्राप्तिका उद्देश्यले जम्मा भएका स्वार्थी समूहलाई आफ्ना अगाडिपछाडि लागेको देखेर वृक्षका हितका लागि बादलले वर्षाएको पानी झैँ ठान्ने बुद्धिहीन स्वार्थलम्पट नेताले भाग्यले मात्रै कहिले काहिँ राम्रा कार्यकर्ता भेट्छन् । यस श्लोकले भन्न खोजेका तात्पर्यलाई हेर्दा शेरबहादुरले रमेश लेखक, पूर्णबहादुर खडका, विमलेन्द्र निधि जस्तालाई र हिजो गिरिजाप्रसादले विजय गच्छेदार, फर्मुल्लाह मन्सुर, कृष्ण सिटौला, शेरबहादुरलाई हुर्काएर जे पाए त्यो आज ओली रामकुमारी, घनश्याम भुसालबाट पाउँदैछन् भने माधवले ओली पाए ओलीले विद्यालाई पाए ।
यी सबै स्वामिभक्त श्वानवत् भएर हराउने छन् । जसको मौलिक चिन्तन न दर्शन त्यो दुनियाँमा कहिल्यै न हिजो नेता भएथ्यो न आज भएको देखिन्छ न त भोलि नै होला कि भन्न सकियोस् । यस प्रकारका बगम्फुसे कुरामा विश्वास गरेर जीवन बरवाद गर्नेहरू राजनीतिको मुखुण्डो लाएर दुनियाँ ठग्न पल्केका हुन्छन् भन्ने कुरो खशेपुले शिक्षकलाई गरेका व्यवहारबाट प्रष्ट बन्दै गएको मान्न सकिन्छ । शिक्षक तानाशाहलाई पनि चाहिन्छ, प्रजातन्त्र र गणतन्त्रलाई पनि । खशेपुले आज गरेका व्यवहारले नेपाली जनताप्रतिको जिम्मेवारी बहन गरेको देखायो कि ? गैरजिम्मेवार ? भन्ने उत्तर कहाँ खोज्ने ? सदनका सभामुख पनि खशेपुकै भाषा बोल्छन् ।
प्रधानमन्त्री मध्यरातसम्म शिक्षकलाई भाषण सुनाउने अनि विचरा शिक्षक जाने कहाँ ? ५०/५५ लाख नेपाली बालबालिकाको आँसु खशेपुका टाउकामा बम पड्के झैँ पड्केर बसी सुख न उठी सुख होला कि भनेर किन नडराएका यी ? शेख हसिनाको नियति यिनले व्यहोर्नु नपरोस् मात्र भन्न सकिन्छ रोक्न सकिँदैन । अब जाग युवा हो भन्ने बेला आएको छ । कानुन र नियम माग्न शिक्षक जस्ता सम्मानित व्यक्तिले सडकमा आउनुपर्छ भने खशेपुले भोगेको सुविधा तिनै शिक्षकले पढाएका छात्रछात्राले खोज्ने कि नखोज्ने ? म सानामा गाउँघरमा सुन्थेँ- ‘घुर्कीलाई न बिगार घर प्यारी सके बस नसके जाउपोइला’ । काम गर्न नसक्नेले पद प्रतिष्ठाको लोभ गर्नुभन्दा सर्लक्क ठाउँ छाडेर गर्न सक्नेलाई आउन दिनु राम्रो हुन्छ ।
आज कांग्रेसदेखि देशमा भएका सबै दलहरू मध्यकालीन सामन्तका आठपहरिया जस्ता बनेका छन् । नेपाल विद्यार्थी युनियन र अनेरा स्ववियु एमाले समर्थकदेखि स्वतन्त्र विद्यार्थी युनियनसम्म शेरबहादुरका र खड्ग ओलीका मात्र कृपाभाजनले चुनाव लड्न पाए ।
खशेपुबाट अब वरको सिन्को पर सर्न सक्दैन । मान्छे बुढो भएपछि निहुँ खोज्छ । अचेल शेरबहादुर र ओली हरेक कुरामा दम्भ, अहं र लोभलालचाका कुरामात्र गर्न लागेका छन् । पुकदा पनि अब म्याद नाघेको सिटामल भए । जनताले परीक्षा नलिएका संकल्पशक्ति भएकालाई ल्याएर भए पनि संघात्मक गणतन्त्रात्मक प्रजातान्त्रिक पद्धतिको रक्षातिर सबै नेपाली लाग्नुपर्ने बेला आएको छ । मस्ती गलेका, बोल्दा पनि तरतरी र्याल काढ्न थालेका दलनायककै चाकडी गरेर दलका युवा वर्ग बस्छन् भने त्यस्ता चाकडीदार मानसिक स्थितिका मान्छेको अबका दिनमा दरकार छैन । जोस, होस र उत्साहले भरिएका युवावर्ग देशले माग्न थालेको छ ।
क्रसर उद्योग चलाएर चुरे मास्ने, पाखापखेराका ढुंगा उक्काएर बाढी पैरो निम्त्याउने विकासभन्दा वन, फलफूल र घाँस घस्यानको विकास गरी हरियाली उद्योग चलाएर विश्वलाई चकित पार्ने मनमस्तिष्क आजको सरकारमा आवश्यक्ता छ ? जनताले आवाज उठाउँदा शौचालयमा लुक्ने, सधैँभरि सत्ता र शक्तिमा बस्न खोज्ने तर डाँडामाथि र उब्जाउ जमिन मासेर भ्युटावर बनाउने अनि ल्यान्डलक कन्ट्रीमा पानीजहाजका फुईं हाँकेर देश, जनता र श्रमको बरवादी गर्ने प्रधानमन्त्री मन्त्री चाहिएको छैन । आफ्नो मन्त्रालयका समस्या चिनेर आफैं संवेदनशील नभई जहिले पनि प्रभुको निर्देश पर्खने शिक्षा या गृह या अन्य कुनै पनि मन्त्री अब कुनै पनि बेला जनताका आँखाका कसिंगर बनिनुपर्छ । टेष्टेड निकम्मा हटाउ अभियान चलाउने बेला भएको छ ।
कसैको लोग्ने मर्दा पद हत्याउने र कसैकी स्वास्नी मर्दा या शक्तिमा पुग्दा शक्तिमा भएकाकै लोग्ने या स्वास्नीलाई देशका मर्यादित ठाउँ दिनुपर्ने के यिनको बिर्ता हो यो देश ? संसारमा विवेकहीन शासकले शासन गर्दा जनता र देश नै सबैभन्दा बढी पछाडि परेका कुरा इतिहासमा पनि भेटिन्छन् । आज कांग्रेसदेखि देशमा भएका सबै दलहरू मध्यकालीन सामन्तका आठपहरिया जस्ता बनेका छन् । नेपाल विद्यार्थी युनियन र अनेरा स्ववियु एमाले समर्थकदेखि स्वतन्त्र विद्यार्थी युनियनसम्म शेरबहादुरका र खड्ग ओलीका मात्र कृपाभाजनले चुनाव लड्न पाए । राजनीतिक दलमा मन र मूल्य मिल्नेभन्दा पनि प्रवृत्ति र चिन्तन पनि मिल्नेहरूको खेमा बन्छ तर त्यस खेमाले पार्टीलाई गतिहीन बनाउनु हुँदैन रचनात्मक काम र देश तथा जनताका निमित्त एकजुट हुने चरित्र नै दलीय चरित्र हो । यो चरित्र आज ठालुको आदेश पालक चरित्रमा परिणत भएको देखिन्छ । ओलीको ज्यादती उनकै कृपाभाजन विद्यालाई असहृय हुँदा पनि कांग्रेसका बुख्याँचा ओलीको ताबेदारी गरेर बसेका छन् ।
विनासकाले विपरीत बुद्धि :
घरघरका साना बालबालिकादेखि कक्षा १२ सम्मको उमेरका देशको भविष्यलाई सिँगार्ने माली सडकमा आएका छन् । खड्गप्रसाद शर्मा र शेरबहादुर निरो बनेर तिनलाई सडकमा भुलाएर आफू मोज गरिरहेका छन् । एक घण्टा बतासे गफ गरेर बिताउँछ भने निरोका अगुवापछुवाको र समर्थक सहयोगी त पत्नी, पुत्र, पुत्रबधूसहित विदेश शयरमा निक्लेका खबरले जनता र छिमेकी देशका गिदी भएका मान्छे सहानुभूतिका शब्द निकाल्न लागेका छन् । यसैगरी कुनै न कुनै निहुँमा सबै निरोहरू देश छाडेर भाग्न लागेका त होइनन् भन्ने शंका उब्जन थालेको छ । पशुपतिनाथका कृपाले सद्बुद्धि फिरेर भाग्नुभन्दा जनतासँग माफी मागेर पद छाडेर बसून् भन्नु नै प्रजातान्त्रिक चरित्र भएको हुनाले कुनै पनि नेपाली निरोले देश जलाएर पियानो बजाउने दुःस्शाहस नगरून् ।
मठाधीश हरुले पढ़न फुर्सत पाए चेत खुलने थियो कि ?