कैलाली । डोटीमा बुधबार बिहानै मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नंम्बर को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ गोल्डेनमा बिहान ६काे समयमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका २ बस्ने ३३ वर्षको अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर