
जनकपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताउनुभएको छ ।
मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २००७, २०४६, ०६२-०६३ को बलिदानलाई स्मरण गरेर लोकतान्त्रिक गणतन्त्र र समावशी संघीयतालाई बचाएर लैजानुपर्ने बताउनु भयो । उहाँले गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास भएको र ती मानिस मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग रहेको उल्लेख गर्नुभयो ।
उहाँले सडक पिच भएको, बिजुली देशको ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको र सञ्चार क्षेत्र पनि अघि बढिसकेको बताउनु भयो । उहाँले अहिलेको कमजोरी शिक्षा र स्वास्थ्यमा रहेको भन्दै सामुदायिक विद्यालय र सामुदायिक अस्पतालको स्तरोन्नति गर्न जरुरी रहेको बताउनु भयो ।
पूर्वराष्ट्रपति यादवले भन्नुभयो, ‘देश अहिले ट्रयाकमा छ । र यो कन्जर्भेटिभ फोर्सेसहरु छ । यो जर्मनी, इटाली, फ्रान्स, हंगेरीमा सबै ठाउँमा शिर उठाइरहेको छ । संसर नै यसरी बदलिरहेको छ । तपाईंले जुन बलिदान गर्नुभएको छ, २००७, २०४६, ०६२-०६३ त्यो बलिदानलाई सम्झिनुस् र यो लोकतन्त्र, गणतन्त्र, संघीयतासहित समावेशी छ, यसलाई बचाएर लगौँ । देश अगाडि बढ्छ । गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास गरेको छ । त्यो मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्गले पास गरेको छ । यो उपलब्धि होइन । आज सारा रोड पिच भइसकेको छ । बिजुली ९५ प्रतिशतमा पुगेको छ । सञ्चार क्षेत्र अघि बढिसकेको छ । कमजोरी शिक्षा र स्वास्थ्यमा छ । शिक्षा र स्वास्थ्यमा सामुदायिक विद्यालय र सामुदायिक अस्पताल कसरी राम्रो हुन्छ, त्यसको बारेमा सोच्नुस् ।’
पूर्वराष्ट्रपति यादवले कृषि बचाउन चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनु भयो । उहाँले चुरे र तराईको जंगला मास्न दिन नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच