हेटौंडा । नवनिर्मित महिला व्यारेक भवनको आज उद्घाटन भएको छ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाको विनियोजित बजेटबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवनको उद्घाटन भएको हो।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा समुद्घघाटन कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी लामा,प्रमुख जिल्ला अधिकारी,स्किम श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पर्याउने गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसा पत्र तथा प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्र सहित नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
उक्त महिला व्यारेक भवन निर्माणको एक करोड एकान्नब्बे लाख नौ हजार बयालीसमा निर्माण सम्पन्न भएको थियो।
महिला व्यारेकको भवन आरसिसी फ्रेम स्ट्रक्चर अव्कधारणा अनुसार ५०४.०९ वर्ग मिटर क्षेत्रफलमा तीन तल्ले निर्माण गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच