
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले छैटौं जित हात पारेको छ । लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै दिल्लीले आठौं जित हात पारेको हो । जितका लागि १६० रनको चुनौती दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै पूरा ग¥यो । दिल्लीका ओपनर करूण नायर १५ रनमा आउट हुँदा दोस्रो विकेटका लागि अभिषेक पोरेल र के एल राहुलले ६९ रनको साझेदारी गर्नुभयो । पोरेलले ३६ बल खेल्दै ५१ रन जोड्नुभयो ।
यसपछि केएल राहुल र कप्तान अक्षर पटेलले दिल्लीलाई जिततर्फ डोर्याउनुभयो । केएल राहुलले ४२ बलमा अविजित ५७ रनको महत्वपूर्ण पारी खेल्नुभयो । अक्षरले २० बलमा अविजित ३४ रन बनाउनुभयो । बलिङमा एडन मारक्रमले दुवै विकेट लिनुभयो ।
यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनमात्र बनाउन सक्यो । एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्नुभयो । अर्धशतक बनाउनुभएका एडन ३३ बल खेल्दै ५२ रन बनाएर आउट हुनुभयो । बलिङमा मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिनुभयो ।
दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अंक बनाएको छ । रनरेटमा दिल्ली दोस्रो स्थानमा कायमै रहेको छ । यता लखनउको नवौं खेलमा चौधौं हार हो । १० अंकसहित पाँचौं स्थानमा रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच