
खोटाङ । दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको मिति सारिएको छ । यसअघि वैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने भनिएको महोत्सव वैशाख २७ गतेदेखि जेठ ४ गतेसम्म गर्ने गरी मिति सारिएको हो । केही प्राविधिक समस्या र सामुदायिक विद्यालयका शिक्षक आन्दोलनलाई मध्यनजर गरेर मिति सार्नुपरेको पत्रकार सम्मेलन गरेर आयोजक नेपाल खेलकुद प्रतिष्ठानले जानकारी दिएको छ ।
महोत्सवमा ६३ पदकका १३ वटा एथलेटिक्ससहित खुला टेबलटेनिस, खुला बुद्धिचाल प्रतियोगिता र साहित्यिक महोत्सव हुनेछ । आयोजकका अनुसार दश वर्षमुनिको छात्रछात्रा एक माइल, १२ वर्षमुनिको छात्रछात्रा दुई किलोमिटर, ६० वर्षमाथि पुरुषको दुई किलोमिटर, आमाहरूको पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्रा सात किलोमिटर र ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ ।
१५ वर्षमाथिको पुरुष महिला दश किलोमिटर र महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता हुनेछ । दौड तथा हाफ म्याराथन दिक्तेल नेर्पामा पर्ने मध्यपहाडी लोकमार्गमा हुनेछ । दश वर्षमुनिको छात्रछात्रा एक माइल प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो हुनेले तीन हजार, दुई हजार, एक हजार, १२ वर्षमुनिको छात्रछात्रा दुई किलोमिटरमा प्रथम, दोस्रो, तेस्रो हुनेले चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथि पुरुषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, दोस्रो, तेस्रो हुनेले पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
१२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, दोस्रो, तेस्रो हुनेले सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय, ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, दोस्रो, तेस्रो हुनेले १५ हजार, दश हजार र सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिको पुरुष महिला दश किलोमिटरमा प्रथम, दोस्रो, तेस्रो हुनेले १५ हजार, दश हजार, सात हजार र महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचांै, छैटांै र सातौं हुनेले ७७ हजार ७७७, ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ रुपैयाँ पुरस्कार पाउने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।
यस्तै, विभिन्न विधामा अन्य खेलहरू पनि खेलाइने आयोजकले जानकारी दिएका छन् । महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच