
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक पेजमार्फत् जानकारी दिँदै उक्त खेल हङकङमै आयोजना हुने जनाएको हो ।
हङकङ फुटबल संघको निमन्त्रणामा हुन लागेको यो मैत्रीपूर्ण खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरअन्तर्गत पर्नेछ ।
नेपालले यसअघि गत मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल दुई-शून्यले पराजित भएको थियो ।
अब नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत जुन १० मा लाओससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । सो प्रतियोगिताको तयारी स्वरूप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच