
काठमाडौं । सचिन भट्टराई र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘यूके लान्छु’ सार्वजनिक भएको छ । सचिनकै शब्द एवं संगीत र विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिलिप समनको निर्देशन एवं सुनिल बुढाथोकीको सह निर्देशन रहेको गीतको भिडियोमा सुनिल न्यौपाने गरिमा शर्मा, सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, रविना पाण्डेलगायत कलाकारको अभिनय रहेको छ ।
हरि हुमागाईं छायांकन, रोशन विश्वकर्माको कोरियोग्राफी दिपु पौडलेको मेकअप रहेको भिडयोमा दिल्सन शाहको दृश्य सम्पादन एवं रङ संयोजन रहेको छ । निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर रहेको भिडियोलाई मीना बर्तौलाले निर्माण गर्नुभएको हो ।
गीतको कथावस्तु युकेमा बस्ने एक लाउरेको जीवन र उनी आफ्नी प्रेमिकालाई सम्झिँदै बहिनीको विवाहमा स्वदेश फर्कँदा भोग्ने भावनात्मक क्षणहरूमा आधारित छ । भिडियोमा ती पलहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसले परदेशमा बस्ने धेरै नेपालीको मन छोएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच