
काठमाडौं । हेम-सरिता पाठक फाउण्डेशनले सांगीतिक कार्यक्रमसहित पुरस्कार अर्पण गर्ने भएको छ । फाउण्डेशनको बुधबार काठमाडौंमा भएको विशेष भेलाले उक्त निर्णय गरेको हो । वरिष्ठ संगीतकारहरू प्रेमराजा महत, नारायण रायमाझी, शिशिर योगी, कुन्ती मोक्तान, कृष्ण कँडेल, वी.वी.अनुरागी, नवीन पौडेललगायतको सांगीतिक प्रस्तुति रहने जनाइएको छ ।
बुधबारको भेलाले विभिन्न जिल्लामा भ्रष्टाचारविरुद्धका गीतहरूको कार्यक्रम आयोजना गर्ने, भ्रष्टाचारविरुद्धको कवितामा चित्रकलाको कार्यशाला र प्रदर्शनी गर्ने, भ्रष्टाचारविरुद्धको विचार गोष्ठीको आयोजना गर्ने, तेह्रथुमका गरिब जेहन्दार विद्यार्थीका लागि वार्षिक दुई लाखको व्यवस्था गर्ने जस्ता निर्णय भएको फाउण्डेशनका महासचिव राधेश्याम लेकालीले जानकारी गराउनुभयो ।
सो भेलाले फाउण्डेशनको अन्तर्राष्ट्रिय समिति र नेपाल शाखाको पुनर्गठन पनि गरेको छ । फाउण्डेशनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरुमा मिनुर श्रेष्ठ, बोनस खनाल र सोनी पाठक, महासचिवमा राधेश्याम लेकाली, कोषाध्यक्षमा विष्णु भेटवाल र सदस्यहरूमा आयाम पौडेल (अष्ट्रेलिया), दिनेश शर्मा (अमेरिका) र विन्धा सिटौला (अष्ट्रेलिया) रहनुभएको छ ।
यसैगरी फाउण्डेशनको नेपाल शाखाको अध्यक्षमा श्रीमान् कार्की, उपाध्यक्षमा दीपक राई, महासचिवमा हितमान तामाङ, सचिवमा समिष्टा प्रसाईं र कोषाध्यक्षमा कमला पाठक चयन हुनुभएको जनाइएको छ ।
यसैगरी कार्यसमितिको सदस्यमा आकाश अधिकारी, कमल रिजाल, तुरुप संग्रौला, दिवश रिजाल, प्रकाश भेटवाल, ज्ञानदेव थापा, युवराज थापा, सुमन पौडेल, सुवास उप्रेती र पंकज भट्टराई चयन हुनुभएको छ ।
भेलामा फाउण्डेशनका प्रमुख संरक्षक हेम पाठक, पूर्वसचिव देवेन्द्र सिटौला, पत्रकारहरू गोपाल थपलिया, तीर्थ कोइराला, मातृका दाहाल, दीपा दाहाल, संगीतकारहरू शिशिर योगी, बी.बी.अनुरागी, समाजसेवी गोपाल गड्तौलालगायतको उपस्थिति रहेको थियो ।
फाउण्डेशनले एक लाख राशिको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार-२०८१’, एक लाखको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता-२०८१’ र दुई लाख राशिको ‘टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार-२०८१’ आगामी २०८२ वैशाख २० गते अर्पण गर्ने भएको छ ।
प्रतिष्ठानले नेपालमा स्कुल सञ्चालन, विपन्नबर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्ला तथा माझी समुदायका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच