
काठमाडौं । गत चैत ८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘द्रौपदी’ले दर्शकहरूको अत्यन्तै सकारात्मक प्रतिक्रिया पायो । कर्णालीको सुन्दरता, त्यहाँको जनजीवनसँगै हिमाली भेगमा अझै केही स्थानहरूमा प्रचलित रहेको बहुपतिप्रथामा बनेको चलचित्र द्रौपदीले हाल अन्तर्राष्ट्रिय स्तरमा चलचित्र महोत्सवहरूको ध्यानाकर्षण गराइरहेको छ । द्रौपदी हालसम्म अन्तर्राष्ट्रिय रुपमा पाँचवटा चलचित्र महोत्सवमा छनोटमा परिसकेको छ । विश्वबजारमा हरेक सामानको एक देशबाट अर्को देशको उत्पादन बिक्री भइरहेको छ ।
हरेक देशको उत्कृष्ट उत्पादन अन्य देशलाई जानकारी भइरहेको छ । त्यसैगरी उत्कृष्ट चलचित्र बन्ने देशहरूका चलचित्र अन्य देशमा पुगिरहेका छन् अनि अन्य देशका दर्शकको नजरमा परिरहेका छन् । सुरुसुरुमा अन्तर्राष्ट्रिय बजारमा नेपालमा चलचित्र बन्छन् र ? नेपाली चलचित्र कस्ता हुन्छन् ? भन्ने प्रकारका प्रश्नहरू आउथे तर अहिले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो दह्रो उपस्थिति जनाइरहँदा अनि नेपाली चलचित्रहरू छनोटमा परिरहँदा यो नेपाल र नेपालीको लागि खुशीको कुरा हो ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट सुरु गरेको द्रौपदीको यात्रा हाल स्वदेशका चलचित्र महोत्सवमा पनि भाग लिँदै गर्दा चलचित्र हालचालै वैशाख ३ देखि ६ रसुवाको धुन्चेमा भएको चौथो ग्रामीण चलचित्र महोत्सवबाट अर्को सफलता पाएको छ । सेलिब्रेटी नेपाल आयोजक तथा चलचित्र विकास बोर्ड र गोसाइँकुण्ड गाउँपालिका सहआयोजक रहेको चौथो ग्रामीण चलचित्र महोत्सव २०८२, यही वैशाख ६ मा सम्पन्न भएको छ । उक्त चलचित्र महोत्सव रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको धुन्चेमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङलगायतको सहभागिता थियोे ।
सोही समारोहमा निर्देशक ऋषिराज आचार्यले जुरी मेन्सन अवार्ड उत्कृष्ट निर्देशक चलचित्र द्रौपदीबाट ग्रहण गर्नुभएको छ । सो अवार्ड सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गोसाइँकुण्ड गाउँपालिका प्रमुखलगायतको हातबाट प्रदान गरिएको थियोे । उक्त अवार्डले आफूलाई अझै उत्कृष्ट चलचित्र निर्माण तथा निर्देशन गर्ने प्रेरणा मिल्ने भन्ने विश्वास लिएको निर्देशक आचार्यले बताउनुभयो ।
साथसाथै यसपूर्व नै चलचित्र द्रौपदी विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोटमा परिसकेको छ । नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष चलचित्रको अवार्ड प्राप्त गरेको छ भने पापाज हिस्टोरिकल इन्टरनेशनल फिल्म फेष्टिभल हंगेरी, प्याराडाइज फिल्म फेष्टिभल जर्मनी, लस एन्जलस स्टार इन्टरनेशनल फिल्म फेष्टिभल अमेरिकामा समेत छनोटमा परिसकेको छ ।
यो प्रकारका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र छ्नोटमा पर्दा आफ्नो कामको उचित मूल्यांकन भइरहेको निर्देश आचार्य बतानुहुन्छ । ‘नेपाली चलचित्रले नेपाल र नेपाली चलचित्रको नाम अन्तर्राष्ट्रिय बजारमा फैलाइरहेकोमा निर्देशक आचार्य खुशी हुनुहुन्छ । यति सुन्दर देश नेपाल, प्राकृतिक सुन्दरताले भरिपूर्ण अनि कला र संस्कृतिको धनी देशभित्रका सुन्दर कथाहरूमा अर्गानिक चलचित्र बनाएर नेपालमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा हाम्रो नाम जानु गर्बको कुरा हो’, उहाँ सुनाउनुहुन्छ । नेपाली चलचित्रलाई स्वदेशमा मात्रै सीमित गरेर हुँदैन । हामीले नै यसको विकास र विस्तारमा होस्टेमा हैसे गर्ने हो । हाल नेपाली चलचित्र विदेशमा फैलने क्रममा चलचित्र द्रौपदीले एउटा इँटामात्रै भए पनि थप्ने काम गरेको छ ।
भविष्यमा आफूले निर्माण तथा निर्देशन गरेका चलचित्रहरूले विश्वबजारका साथै अन्तर्राष्ट्रिय महोत्सवहरूमा आफ्नो चलचित्रको उपस्थिति अझ दह्रो गरी हुने उहाँको दाबी छ । त्यहीनुरूपको चलचित्र बनाउने अध्ययन अनुसन्धान भइरहेको आचार्य बतानुहुन्छ । ‘द्रौपदी’मा ऋषिराज आफैं प्रमुख भूमिकामा हुनुहुन्छ भने अन्य कलाकारमा रवि ओड, प्रकाश ज्ञवाली, सुजाता तिमल्सिना, जेल्सन अधिकारी, सीता पौडेल, सुबास ठडराई, कविराज भामलगायत कलाकारको अभिनय छ । चलचित्रको निर्माता ऋषिराज र प्रकाश ज्ञवाली हुनुहुन्छ भने सहनिर्मातामा ऋतु आचार्य र विष्णु ठडराई हुनुहुन्छ । चलचित्रमा मोहनकुमार झिल्लुको छायांकन र अनिल महर्जनको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच