
काठमाडौं । जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठक (सीसीएस)ले पाकिस्तानी नागरिकलाई ४८ घण्टा भित्र भारत छोड्न निर्देशन दिने लगायत पाँच वटा कठोर निर्णय गरेको हो ।
बुधबार बसेको बैठकले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ । त्यस्तै पाकिस्तान उच्चायोगमा रहने संख्या ५५ बाट ३० मा घटाइने, पाकिस्तानीलाई दिएको सबै भिसा रद्द गर्ने, अटारी बागा बोर्डर बन्द गर्ने र सिन्धु जल सम्झौता पनि स्थगित गर्ने निर्णय गरेको छ ।
बैठक झण्डै साढे दुई घण्टा चलेको थियो । रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, एनएसए अजित डोभाल लगायत धेरै अधिकारीहरू बैठकमा उपस्थित हुनुहुन्थ्याे।
यस्ता छन् पाँच निर्णय
- निर्णयको ४८ घण्टाभित्र सबै पाकिस्तानीलाई भारत छोड्न निर्देशन ।
- सिन्धु जल सम्झौता स्थगित ।
- पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश ।
- पाकिस्तान उच्चायोगमा रहने संख्या ५५ बाट ३० मा घटाइने ।
- पाकिस्तानीलाई दिएको सबै भिसा रद्द ।
- अटारी बागा बोर्डर बन्द ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच