
काठमाडाैं । भृकुटी मण्डपमा नेकपा एमाले को ‘युथ सेलिब्रेशन’ कार्यक्रम शुरु भएकाे छ ।
सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा युवाहरू आउने क्रम सुरू भएको छ ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको जनाएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरु सहभागी हुन अपिल गरेको छ ।
आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच