
पाल्पा । २ फागुन २०८० मा पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित बेलबास–दोभान कच्ची सडक खण्ड हुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट पाल्पा प्रहरीले १८ वटा गोरु नियन्त्रणमा लियो । शंकास्पद लागि लु १ ख ८३४० नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा एउटा गोरु मरेको र १७ वटा सकुसल रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
यस्तै २६ वैशाख २०८१ मा रामपुर नगरपालिका–२ भलायटारमा २ वटा ट्रकसहित ४३ वटा गोरु प्रहरीले बेवारिसे अवस्था भेटायो । गोरु तस्करहरूले विभिन्न क्षेत्रबाट ल्याएका गोरुहरूको अवैधरूपमा ओसार–पसारको सवारी साधन कम चल्ने सडकको प्रयोग गरेर लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय रामपुरले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको थियो । यो क्रम हरेक वर्ष दोहोरिने गरेको छ । यस वर्ष पनि प्रहरीले रामपुरबाटै ११ गोरुसहित दुई गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा ओसार–पसार गर्दै गरेको अवस्थामा सोमबार रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअप गाडीलाई प्रहरीचौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा गोरुसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार बा २१ च ८९२८ नम्बरको पिकअपमा ५ वटा र प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअपमा ६ वटा गोरुहरु क्षमता भन्दा बढी कोची घाउ चोट लाग्ने गरी निर्दयीपूर्वक यातना दिई ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
चालक मकवानपुर हेटौडा उप– महानगरपालिका– १७ का २८ वर्षीय सिशान थिङ र बारा जितपुरसिमरा उप–माहनगरपालिका– २ का २२ वर्षीय महेश भोलान प्रहरीको नियन्त्रणमा छन् । गाडी र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यहाँबाट खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्ने गरिएको पाइन्छ । प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा प्रहरीको आँखा छलेर तस्करले गोरु तराई निकासी गर्ने गरेका छन् । सीमानाकामा प्रहरी प्रशासनले अनुगमन नगर्दा जिल्लामा गाईको अवैध व्यापार फस्टाएको गौ संरक्षणका अभियान्ता कमल पौड्यालले बताउनुभयो । बरामद भएका गाईगोरु पनि प्रहरीले बुझाएकै दिन तस्करले भन्सार कार्यालयमा सेटिङ मिलाई न्यून मूल्यमा डाँक सकारेर लैजाने गरेका छन् । जसका कारण पाल्पामा गोरु तस्करी रोकिन सकेको छैन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच