
खोटाङ । जिल्ला अस्पताल खोटाङमा आइरन चक्की सकिएको छ । सरकारले वितरण गर्ने नि:शुल्क ९८ किसिमका औषधि अन्तर्गत गर्भवती महिलाहरुले खानुपर्नेे आइरन चक्की हप्ता दिनदेखि सकिएको हो ।
सरकारले जिल्ला अस्पतालहरुमा पठाउने नि:शुल्क औषधि नपठाउँदा गर्भजाँच गराउन आउने गर्भवतीहरुलाई आइरन चक्की समेत दिन नसकिएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर रुपेश संग्रौलाले बताउनुभयो। सरकारले नि:शुल्क दिने औषधिमध्ये जिल्ला अस्पतालमा १२/१३ किसिमका मात्रै औषधि आउने गरेको छ ।
‘अस्पताललाई निशुल्क औषधि खरीदका लागि राज्यले ५ लाख वजेट विनियोजन गरेको र उक्त वजेटबाट ९८ प्रकारका औषधि र औषधिजन्य सामाग्रीहरु वर्षदिनलाई व्यवस्थापन गर्न नसकिने रहेछ । संघीय स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्थापन शाखा, प्रदेश सरकार आपूर्ति केन्द्रले व्यवस्थापन गरेर औषधि पठाउने भनिए पनि समयमा टेण्डर नहुनु र श्रोत थोरै भएकाले सरकारी अस्पतालमा आउनुपर्ने औषधि समयमा आएको छैन।’ डा. संग्रौलाले भन्नुभयो ।
वर्षदिनमा जिल्ला अस्पतालको ओपीडीमा ५० हजार र आकस्मिक कक्षमा १० हजार बढी बिरामी आउने गरेका छन् । आइरन चक्की, रेबिज भ्याक्सिन, सुगर, प्रेसरसहितको निशुल्क दिनुपर्ने औषधि सरकारले समयमा आपूर्ति नगर्दा अस्पतालले किनेर दिनसक्ने अवस्था नरहेको डा.संग्रौलाको भनाई छ ।
'नि:शुल्क वितरण गरिने औषधि सकिएको जानकारी स्थानीय तह, स्वास्थ्य कार्यालय, प्रदेशको आपूर्ति शाखासँग समन्वय गरिरहेका छौँ । त्यहाँ पनि विविध समस्याहरु रहेछ । टेण्डर प्रक्रियामा गएर औषधि खरीद गर्नुपर्ने कुरामा मुद्दा पर्ने, समयमा औषधि नआउने समस्या रहेछ ।' डा.संग्रौलाले भन्नुभयो, ‘फोनबाट, अस्पतालबाट समन्वय गरिरहेका छौँ।'
समन्वय गरिरहँदा पनि निशुल्क वितरण गर्नुपर्ने औषधिहरु उपलब्ध नहुँदा नियमित सेवा प्रवाहमै समस्या भईरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच