
भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको समाजवादी धाराको आधारशिला समाजवादी चिन्तक तथा प्रजातान्त्रिक योद्धा जगन्नाथ आचार्यले राखेको बताउनु भयो।
जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित १०२ औं जन्मजयन्ती कार्यक्रममा बोल्दै मन्त्री सिंहले काँग्रेसको समाजवाद बुझ्नका लागि आचार्यको जीवनदर्शन नै पर्याप्त हुने बताउनु भयो । “नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद बुझ्नुपर्छ भने जगन्नाथ आचार्यलाई अध्ययन गरे पुग्छ,” मन्त्री सिंहले भन्नुभयो, “उहाँको सम्पूर्ण जीवन समाजवादको व्यावहारिक अभ्यासमा बितेको हो।”
उहाँले पार्टीले समयमा आचार्यको विचार र नेतृत्व क्षमतालाई चिन्न नसकेको स्वीकार गर्नु भयो । “काँग्रेसले उहाँलाई चिन्न नसक्दा, उहाँको दुरदर्शिता बुझ्न नसक्दा विरोधीहरूले काँग्रेसमाथि सामन्ती र पुँजीवादी पार्टीको आरोप लगाउने मौका पाए,” सिंहले उल्लेख गर्नुभयो।
नेता आचार्य किसान आन्दोलनका अगुवा थिए र व्यावहारिक समाजवादी मोडेललाई पार्टीभित्र स्थापित गर्न निरन्तर क्रियाशील रहनु भएको थियोे । मन्त्री सिंहका अनुसार आचार्यले उठाएका विचार आज पनि समसामयिक छन् र तिनलाई अध्ययन तथा अनुकरण गर्नुपर्ने आवश्यकता छ।
कार्यक्रममा काँग्रेस नेता मदनकृष्ण श्रेष्ठ, आचार्यकी धर्मपत्नी विमला आचार्य, नेता विनोद कायस्थलगायतले नेता आचार्यको योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले आचार्यको राजनीतिक ईमानदारी, सिद्धान्तप्रतिको निष्ठा र जनताप्रतिको प्रतिबद्धतालाई स्मरण गरेका थिए ।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, काँग्रेस कार्यकर्ता र आचार्यका अनुयायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच