
नेपालगञ्ज । अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधि दुई विभागिय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित्ने दाबी गरेका छन् ।
नेपालगञ्जमा पत्रकारहरुसँग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताउनुभयो ।
उहाँले प्रतिस्पर्धीलाई कमजोर ठान्न नहुने बताउदै नतिजा आफूहरुले जित्ने दाबी गर्नु भएको छ । यस्तै क्याप्टेन अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै आफूहरु जित्नको लागि खेल्न लागेको प्रतिक्रिया दिनुभयो । नेपालगञ्जमा भएको यो प्रतियोगिताले महिला खेलाडीलाई मात्र नभई समग्र खेलप्रेमीहरुलाई हौसला जगाएको उहाँले बताउनुभयो । ।
यस्तै नेपाल पुलिस क्लबका कोच सुमन सुवेदीले खेल जित्नको लागि रणनिती बनाएर अगाडी बढ्ने बताउनु भएको छ । खेल जित्नको लागि तपाईहरुलाई चुनौती देखिएकै हो त भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सुवेदीले भन्नुभयो,‘फुटबलमा नजिता जस्तो पनि आउन सक्छ । राम्रो भनेको टिमले पनि कहिलेकाही नराम्रो खेल्न सक्न । अनि नराम्रो भनेको टिमले राम्रो पनि खेल्न सक्छ ।’ उनले भोलिको खेलमा राम्रो प्रस्तुति दिने बताउनुभयो । यस्तै क्याप्टेन निरु थापाले घरेलु मैदानमा आएर फाइनल खेल खेल्ने सपना पुरा भएजस्तै खेल जित्ने सपना पनि पुरा हुने बताउनुभएको छ । फुटबल खेलमा महिला खेलाडीहरुको सहभागिता बढाउनका लागि नियमित तालिम तथा आवश्यक पर्ने ब्यबस्थापकिय कामहरु गर्नुपर्ने सुझाव दिनुभयो । निरन्तर खेल हुन सकेमा यस्ता प्रतियोगिताहरुको उचाई बढ्ने र उपलब्धी हासिल हुने प्रतिक्रिया दिएकी छिन् ।
शुक्रबार फाइनल खेलको प्रतिस्पर्धी एपीएफ क्लबले कर्णालीलार्ई ६-० गोल अन्तरले र रौतहटलाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । यसैगरी नेपाल पुलिस क्लबले भारतीय टीम सिलुगुडीलाई ४-० ले र भिभुवन आर्मीलाई सडन डेथमा हराएर फाइनल यात्रा तय गरेको हो ।
अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी प्रतियोगितामा नेपाल र भारतका गरेर ८ वटा टिम सहभागि भएर प्रतिस्पर्धा गरेका हुन । प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलिगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टिम सहभागी भए ।
प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच