
नयाँदिल्ली । मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ । सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको जित निकाल्दै मुम्बई तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै मुम्बईले नौ खेलमा १० अंक जोडेको छ । गुजरात टाइटन्स आठ खेलबाट ६ जितसहित शीर्ष स्थानमा छ भने दिल्ली क्यापिटल्स समान खेलमा ६ जितसहित दोस्रो स्थानमा छ । पराजित हैदराबाद आठ खेलबाट चार अंकका साथ नवौं स्थानमा छ ।
मुम्बईको यो लगातार चौथो जित हो र अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मुम्बई इण्डियन्सले टस जितेर फिल्डिङ रोजेको थियो । १३५ रनमा ५ विकेट गुमाएको हैदराबादले हेनरिक क्लासेनको ७१ र अभिनव मनोहरको ४३ रनको मद्दतमा निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्टले २६ रन खर्चेर चार विकेट लिनुभयो । जवाफमा मुम्बईका लागि रोहित शर्माले ४५ बलमा ७० रन को अर्धशतकीय इनिङ्स खेल्नुभयो । रोहितलाई विल ज्याक्स र सूर्यकुमार यादवले पनि साथ दिनुभएको थियो । सूर्यकुमारले ४२ रन बनाउनुभयो ।
मुम्बईले यस सिजन लगातार चार खेलमा कोलकातालाई हराएको छ भने त्यसपछि दिल्ली, चेन्नई र अहिले हैदराबादलाई हराएको छ । हैदराबादको खराब फर्म भने कायमै छ । टोलीले सिजनको छैटौं हार बेहोरेको छ । अंक तालिकाको पुछारमा रहेको चेन्नई सुपर किंग्सको चार अंक छ । हैदराबादले राजस्थान र पञ्जाबलाई मात्र हराएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच