
एजेन्सी । चिरप्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गर्दै एसी मिलानले कोपा इटालियाको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानले इन्टरलाई ३-० ले पराजित गरेको हो । एसी मिलानले समग्रमा ४-१ को नतिजासहित फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।
पहिलो हाफ सकिन नौ मिनेट बाँकी हुँदा रियल मड्रिडका पूर्वस्ट्राइकर लुका योभिचले हेड गर्दै मिलानलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफ सुरु भएको चार मिनेटमै उहाँले कर्नरबाट आएको बललाई नियर पोस्टबाट फिनिस गर्दै दोस्रो गोल थप्नुभयो । मार्चसम्म गोलरहित रहनुभएका योभिचले पछिल्ला पाँच खेलमा चार गोल गर्नुभयो ।
इन्टरका स्टेफान डि भ्राइको प्रयासलाई गोलकिपर माइक म्यान्यानले बचाउनुभयो । ८५औँ मिनेटमा तिज्जानी रेजेन्डर्सले तेस्रो गोल गर्दै मिलानको जित सुनिश्चित गर्नुभयो । यो जितले निराशाजनक सिजन बिताइरहेको मिलानलाई एउटा उपाधिको आशा दिलाएको छ । हाल मिलान सेरी ‘ए’ तालिकाको नवौं स्थानमा छ र च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । हारसँगै इन्टरको ट्रेबल जित्ने सपना पनि टुटेको छ । इन्टर सेरी ‘ए’को शीर्ष स्थानमा छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
यसैगरी स्पेनी फुटबल लिगमा बार्सिलोनालाई पछ्याउने दौडमा रियल मड्रिडले बुधबार गेटाफेविरुद्ध १-० को जित दर्ता गर्दै आफ्नो लय कायम राखेको छ । अब मड्रिड शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा मात्र चार अंकले पछि परेको छ । रियलका युवा खेलाडी आर्दा गुलरले खेलको २१औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच