
लण्डन । लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार राती क्रिस्टल प्यालेससँग २-२ को बराबरी खेलेपछि लिभरपुललाई कीर्तिमानी २०औँ इंग्लिस प्रिमियर लिग उपाधि जित्न अब मात्र एक अंक चाहिएको छ । ७९ अंक भएको लिभरपुलको पाँच खेल बाँकी छ । ६७ अंक भएको दोस्रो स्थानको आर्सनलको चार खेल बाँकी छ ।
अब लिभरपुल आइतबार टोटनहृयामसँगको खेलमा पराजित नभए पुग्छ । एनफिल्डमा हुने सो खेल जित्दा वा बराबरी गरेमा बाँकी चार खेलअगावै लिभरपुलले उपाधि हात पार्नेछ । योसँगै लिभरपुलले पाँच वर्षमा दोस्रो र समग्रमा म्यानचेस्टर युनाइटेडसँग बराबरी गर्दै २०औँ लिग उपाधि उचाल्नेछ ।
घरेलु भूमिमा भएको खेलमा आर्सनलले तेस्रो मिनेटमा नै ज्याकोब किबिरको हेड गोलमा अग्रता लिएको थियो । २७औँ मिनेटमा क्रिस्टल प्यालेसका एबरेजी एजले गोल गर्नुभयो । लियोनार्डो ट्रोसार्डले मध्यान्तरअघि गोल गर्नुभयो । जियान फिलिप माटेटाले प्यालेसका लागि अर्को पटक बराबरी गोल गर्नुभयो ।
लिभरपुलले सन् २०२० मा उपाधि जित्दा ३० वर्ष लामो प्रतीक्षा तोडेको थियो । अघिल्ला दुई सिजनमा प्रिमियर लिगको उपविजेता बनेको आर्सनल अब तेस्रोपटक पनि दोस्रो स्थानमा सीमित हुने खतरा छ । मंगलबार एस्टन भिलालाई २-१ ले हराएको म्यानचेस्टर सिटी आर्सनलभन्दा ६ अंकले पछाडि तेस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच