
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्षअघि जनकपुरमा भएको राष्ट्रिय प्रतियोगिताका दौरान घाइते हुनुभएका राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई उपचारका निम्ति पाँच लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ मा भएको महेन्द्रनारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगितामा घाइते हुनुभएका सिद्धान्तलाई पाँच लाख दिने निर्णय गरेको हो ।
सिद्धान्तको लिगामेन्टमा चोट लागेको थियो । त्यसयता उहाँले भारतमा उपचार गराइरहनुभएको छ । प्रतियोगितामा सिद्धान्तले कोशी प्रदेशको प्रतिनिधित्व गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच