
काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा दी हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) हुने भएको छ । नेबाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यही वैशाख २० गते (शनिबार)देखि लिग हुने जानकारी दिएको हो । पहिलोपटक आयोजना हुन लागेको यो विकेण्ड लिग प्रतियोगिता भए पनि वर्षाको मौसमले गर्दा शनिबार र आइतबारसँगै मंगलबार र बुधबार पनि खेलाइनेछ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ६ बास्केटबल क्लबको सहभागिता रहने नेबाका अध्यक्ष भीम सिंह गुरुङले जानकारी दिनुभयो । सहभागी ६ टिममा टाइम्स, हाउण्ड्स, कीर्तिपुर, रोयल्स, गोल्डेनगेट, सामाखुसी बास्केटबल टिम छन् ।
यो लिगमा कुल ३२ खेल हुनेछन् । जसमा डबल राउण्ड रोबिनका आधारमा ३० खेल हुनेछन् भने दुई प्लेअफ खेल हुनेछन् । हरेक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछ ।
राखेपबाहिरको आउटडोर कोर्टमा हुने प्रतियोगिता मौसमको कारणले गर्दा यसपटक सिंगल भेन्युमै गर्ने आयोजकले जनाएको छ । यद्यपि खेलको वैकल्पिक भेन्यु राखेप इण्डोर हल र कीर्तिपुरको हललाई पनि राखिएको छ ।
बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ । नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच