
काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘हेल्लो काशीराम’को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशन कविराज गहतराजले गर्नुभएको हो । गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा सेटमा छायांकन गरिएको हो ।
गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत कलाकारको नृत्य देख्न सकिन्छ । यसअघि चलचित्रको फष्ट लुक पोष्टर र टिजर सार्वजनिक भइसकेको छ । रेडलाइन फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गर्नुभएको हो भने चलचित्रमा पिबी थापाको लगानी छ । यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी.गुरुङले सम्पादन र रंग संयोजन छ ।
चलचित्रमा दिलिप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायत कलाकारको अभिनय छ । निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्कीलाई यस चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच