
काठमाडौं । यही वैशाख १९ गतेदेखि सिनेमाघरमा आउन लागेको यादव भट्टराईको निर्देशन रहेको चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सामाजिक सञ्जाल प्रयोगबाट बालबालिकामा परेको असर देखाउन खोजिएको छ । मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, जेभीश श्रेष्ठलगायतको अभिनय छ । यस फिल्ममार्फत रंगकर्मी सुनिल पोखरेल १६ वर्षपछि चलचित्रमा देखिँदै हुनुहुन्छ ।
‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पार्नुभएको छ भने छायांकन दीपक बज्राचार्य र सम्पादन निमेष श्रेष्ठको छ । चलचित्रको कार्यकारी निर्मातामा उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहनुभएको छ । जनता टिभीको चलचित्र निर्माणमा सहकार्य रहेको छ ।
प्रविधि आफैं खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्नसक्छ भन्ने सन्देश फिल्मले दिने निर्देशक यादव भट्टराइले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच