
काठमाडौं । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचनामा रहेको गीत ‘कहीँ कतै हराएँ भने’ विमोचन गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको विमोचन गरिएको हो । संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व, पूर्वअध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यता रहेको विमोचन कार्यक्रममा संघका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरूलाई मन्तव्यद्वारा स्वागत गर्नुभएको थियोे ।
विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य दिँदै गीतभित्र मायाप्रेम, राष्ट्रियभाव हो कि भन्ने आभास दिलाएको बताउनुभयो । गीतकार भट्टराईको गीतमा नयाँ प्रयोग भएको बताउँदै संगीत र गायन पनि अब्बल भएको बताउनुभयो । गायिका बबिना भट्टराईको गायनपक्षको चर्चा गर्दै संगीतकार श्रेष्ठले ‘कहीँ कतै हराएँ भने’ गीतले सबैको मन छुने जिकिर गर्नुभयो ।
कार्यक्रममा संगीतकार तथा गायिका बबिना भट्टराईले आफूले गरेको मिहिनेतलाई सबैले माया गरिदिनेमा विश्वस्त भएको बताउनुभयो । गीतकार प्रमोदको शब्दमा संगीत गर्दै गर्दा डर लागे पनि सार्वजनिक भएपछि पूर्णता पाएको उहाँको भनाइ थियो । त्यस्तै भिडियोका बारेमा निर्देशक जीवन शाहीले प्रष्ट पार्नुभएको थियोे । कार्यक्रममा संघा पूर्वअध्यक्ष शुभ मुकारुङले शुभकामना मन्तव्य दिँदै ‘कहीँ कतै हराएँ भने’ गीतको श्रव्य दृश्य पनि राम्रो बनेको भन्दै सबै बधाईको पात्र भएको बताउनुभयो ।
कार्यक्रममा गीतकार प्रमोद भट्टराईले गीतका बारेमा बोल्दै अवकाश प्राप्त समयलाई साहित्यको क्षेत्रमा लगाउन पाएकोमा खुशी मिलेको बताउनुभयो । कविता, मुक्तक, गजल विधामा रुचि भए पनि गीतिलेखनमा अझै सक्रियता भएको बताउनुभयो । गीत रेकर्ड भएपछि ‘कहीँ कतै हराएँ भने’ गीतको भाव हराउलाकी भनेर भिडियो निर्माण गरेको अनुभव सुनाउनुभयो ।
प्रमुख अतिथि वरिष्ठ गीतकार देवकोटाले शुभकामना दिँदै गीत राम्रो बनेको बताउनुभयो । ‘कहीँ कतै हराएँ भने’ गीतले सबैको मन जित्ने बताउँदै गीतकार प्रमोद अब्बल साहित्यकार भएको बताउनुभयो ।
संघका अध्यक्ष वसन्त बित्यासी थापाले गीतकार प्रमोदको सिर्जना अब्बल रहेको बताउँदै सिर्जना सार्वजनिक गर्दा हरेक समय साक्षी बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष थापाले आफ्ना सदस्यहरूलाई उर्जा दिन संघ सदैव क्रियाशील रहेको बताउँदै राज्यलाई बौद्धिक र प्रतिलिपि अधिकारका विषयमा आवाज उठाउँदै आएको बताउनुभयो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी हरिराम पौडेलले गर्नुभएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच