
काठमाडौं । पत्रकारद्वय मोहन दुवाल र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले २०८० सालमा पहिलो पटक स्थापना गरेको यस पुरस्कार दुवाल र चन्द लाई प्रदान गर्न लागिएको हो । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
चार दशकभन्दा बढी समयदेखि साहित्यिक पत्रकारितामा सक्रिय दुवालले काभ्रेबाट प्रकाशित हुने नेपाली भाषाको साहित्यिक पत्रिका ‘जनमत’को प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । ४० वर्षको अवधिमा ‘जनमत’ले ३३० अंक प्रकाशित गरिसकेको छ । दुवाल जनमत वांमय प्रतिष्ठान तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ ।
यसैगरी, तीसको दशकदेखि साहित्यिक पत्रकारितामा संलग्न वीरबहादुर चन्द ‘विश्राम’ले कञ्चनपुरबाट प्रकाशित डोट्याली भाषाको साहित्यिक मासिक ‘गुगुल्डी’को प्रधान सम्पादन गर्दै आउनुभएको छ । २८ वर्षको यात्रामा ‘गुगुल्डी’ले ३३१ अंक प्रकाशित गरिसकेको छ । चन्द गुगुल्डी वांमय प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ । उहाँ साहित्यिक सर्जक र सांस्कृतिक संगठकको भूमिकामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । प्रत्येक पुरस्कारको राशि (पचास हजार) रुपैयाँ रहेको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच