
काठमाडौं । शिवाता लभ फाउण्डेशनको स्थापनाको आठौं वर्ष पुगेको सन्दर्भ पारेर ‘शिवाता ३०’ प्रदर्शनी भइरहेको छ । फाउण्डेशनकी संस्थापक अध्यक्ष रागिनी उपाध्यायले काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमा प्रदर्शनीको मंगलबार उद्घाटन गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पहिलो महिला कुलपति रागिनी उपाध्यायले आफ्नी छोरी शिवाताको सन् २०१६ मा ‘मेनेन्जाइटिस बी’ रोगका कारण निधन भएपश्चात् आफ्ना छोरीजस्ता थुप्रै नेपाली छोरा छोरीहरूको शिक्षामार्फत विविध सपना पूरा गराउने उद्देश्य राखेर सन् २०१७ मा शिवाता लभ फाउण्डेशनको स्थापना गर्नुुभएको हो ।
फाउण्डेशनले विपन्न, जेहेन्दार, पिछडिएका क्षेत्रका बालबालिकालाई शिक्षाका लागि र देशका परेका विभिन्न प्राकृतिक विपत्ति तथा सामाजिक कार्यसमेत सहयोग गर्दै आएको छ । रागिनीले युवा कलाकारहरूलाई प्रोत्साहन र प्रेरित गर्न यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ‘शिवाता आज यस संसारमा भएको भए ३० वर्षको पुग्थिन् । उनीजस्ता थुप्रै छोरीहरू र युवाहरूलाई हौसला प्रदान गर्न वार्षिक रूपमा यस प्रदर्शनीको आयोजना गर्दै आएका हौं । यो कार्यक्रम पनि यसैको निरन्तरता हो,’ उहाँले भन्नुभयो । उहाँले शिवाता लभ फाउण्डेशनले शिक्षा र सामाजिक क्षेत्रको लागि गरेको कार्यको विस्तृत चर्चासमेत गर्नुभयो ।
रागिनी उपाध्याय कला प्रतिष्ठानको सहकार्य रहेको प्रदर्शनीमा अमन नेपाली, अर्जुन बस्नेत, अजिज भुजेल, अमन रौनियार, अञ्जलि तामाङ, विदुर पौडेल, विनय रिमाल, छिरिङ डुके विष्ट, डेभिड महर्जन, दिपीका राई, जोहेब नकर्मी, करिमा जोशी, काजल कुमारी, कञ्चन महत, क्रिस्टिना डंगोल, नीता पासवान, निदा सिद्धिकी, नेहा महर्जन, प्रलिष्ट महर्जन, प्रतीक मानन्धर, पुरुषोत्तम थारू, प्रतिभा खड्का, रन्जित कुँवर, रोनिसा श्रेष्ठ, स्मृति श्रेष्ठ, सागर रावल, शक्तिराज, सलोमी लिम्बु, शर्मिलादेवी तामाङ, सुस्मिता कुँवरलगायतको सहभागिता रहेको छ । प्रदर्शनी यही शनिबारसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच