
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् विनोद पौडेल निर्देशित ‘भूठान’ र अनुराग प्रधान एवं आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको ‘खेल’ । दुवै चलचित्रको काठमाडौंमा ग्राण्ड प्रिमियर शो गरिएको छ जहाँ प्रशंसा बटुल्न सफल भएका थिए । अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको ‘भूठान’को ग्राण्ड प्रिमियर मंगलबार काठमाडौंको क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको थियो । चलचित्रको प्रिमियरमा राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो । यस्तै, बुधवार साँझ छाया सेन्टरस्थित क्यूएफएक्स सिनेमा हलमा ‘खेल’को प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्रको टिम, पत्रकारहरू, शुभचिन्तक तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् विनोद पौडेल निर्देशित ‘भूठान’ र अनुराग प्रधान एवं आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको ‘खेल’ । दुवै चलचित्रको काठमाडौंमा ग्राण्ड प्रिमियर शो गरिएको छ जहाँ प्रशंसा बटुल्न सफल भएका थिए । प्रिमियरमा दुवै चलचित्रलाई हलिउड चलचित्रको ‘फ्लेभर’ भनिएको थियो ।
चलचित्र ‘भूठान’मा भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा उठान गरिएको छ । भुटानबाट लखेटिएर नेपाल हुँदै अमेरिका पुगेका एक वृद्धको स्वदेश फर्किने हुटहुटीलाई मूल कथानक बनाएर निर्माण गरिएको यो चलचित्रमा निर्देशक विनोद पौडेलले गजबको सिर्जनशीलता प्रस्तुत गर्नुभएको भन्दै प्रिमिएरमा तारिफ गरिएको थियो । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो ।
अंग्रेजीमा ‘द वल्र्डस् हृयाप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रमा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्रका निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहनुभएको छ । प्राविधिक र कलात्मक दृष्टिकोणले ‘भूठान’मा क्लासिक हलिउड चलचित्रको ‘फ्लेभर’ छ ।
यस्तै, मिथिकल सस्पेन्स थ्रीलर जनराको ‘खेल’लाई हलिउड चलचित्रको स्तरसँग तुलना गर्दै यसको कथा, पटकथा, संवाद, छायंकन, सम्पादन, कलर र चलचित्रको टोनको प्रशंसा भएको थियो । प्रिमियरमा सुरक्षा पन्तसहित अन्य नयाँ कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको थियो ।
मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका निर्माताहरूमा लुइसराज महर्जन र आशिषराज महर्जन हुनुहुन्छ भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहनुभएको छ । चलचित्रको कथा आशिषराज महर्जनले लेख्नुभएको हो भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पार्नुभएको छ ।
चलचित्रको छायांकन रोशन राई र सञ्जय लामाले गर्नुभएको छ भने सम्पादन आशिषराज महर्जनले गर्नुभएको छ । ध्वनि डिजाइन विकल प्रधान, रंग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दीपु पौडेलले गर्नुभएको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हाल्नुभएको यो चलचित्रको वितरण डिसिएनले गर्दैछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच