
काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द घिमिरे नियुक्त हुनुभएको छ । तीन दशक बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका उहाँ विगत १६ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध हुनुहुन्छ । बैंकका विभिन्न विभाग तथा शाखासमेतको नेतृत्व गर्नुभई कार्य अनुभव हासिल गर्नुभएका घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
घिमिरेको योगदान बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यमा विशेष रूपले महत्वपूर्ण रहँदै आएको बैंकले जनाएको छ । बैंकका अनुसार उहाँले एनएमबी बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यास अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनुभएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबी बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त सिइओ घिमिरेले कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापनसमक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । उहाँले भन्नुभयो, ‘डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।’
साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नुभएको छ । स्वदेशी तथा विदेशी बैंकहरूमा कार्य गरी कार्य अनुभव प्राप्त गर्नुभएका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसायको गहिरो ज्ञान भएका बैंकर हुनुहुुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच